Saturday February 08, 2025

गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव भब्य

१ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1734


गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव आइतबार अल्डरसटमा विशेष समारोह बीच सम्पन्न भयको छ । 

सुसी मोटो रेस्टुरेन्ट अल्डरसटमा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाट रहेका थिए।गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्गको अध्यक्षतामा भयको तेश्रो बार्षिक उत्सब समारोह गोर्खा मिडियाका सह डाइरेक्टर प्रकास गुरुड्गले संचालन गरेका थिए।

पानसमा बत्ती बालेर उद्घाटन गर्दै प्रमुख अतिथी उपमेयर काउन्सिलर जीत रानाभाटले सत्य,तथ्य तथा पारदर्शीरुपमा गोर्खा मिडियाले समाचार तथा भिडियो सम्प्रेषण गर्दै आएको आफ्नो मन्तब्य दिएका थिए। समाजलाई अग्रगामी बनाउन मद्दत पुग्ने गरी ठूलो समुदाय गोर्खाको प्रतिनिधित्व गोर्खा मिडियाले गरेको भन्दै सफलताको शुभकामना दिएका थिए। 

बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान, एनआरएन युकेका वरिष्ठ सल्लाहकार तथा गोर्खा मिडियाका सल्लाहकार, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगर,किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका अध्यक्ष मेजर योगेश राई,तमु प्ये ल्हु संघ युके अध्यक्ष रनबहादुर गुरुङ,तमुधिं युकेका अध्यक्ष हरि गुरुङ,सहारा युकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, पीपल मर्गेजका डाइरेक्टर सुर्य गुरुड्ग,फोनिज युके अध्यक्ष गोमा रानामगरले समाचार सम्प्रेषण सत्य तथ्य र निष्पक्ष हुनु पर्ने र यो कुरा गोर्खा मिडीयाले ताजा समाचार प्रकासन गरेको धारणा राखेका थिए।



साहित्यतर्फ माया गुरुङ र समाजसेवातर्फ युवा व्यवसायी राजन खकुराल सम्मानित गरीएको सो कार्यक्रममा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले सबै जनाको साथ सहयोगमा गोर्खा मिडिया अझै अगाडि बढ्दै जाने विश्वास व्यक्त गरेका थिए।पत्रकारिता र कलाकारितालाई प्रवर्द्धन गर्दै जाने गोर्खा मिडीयाको उदेश्य अनुसार आफूहरुले विभिन्न क्षेत्रका व्यक्तित्वलाई पनि सम्मान गर्दै जाने बताए। उहाले अनलाइन र भिडियो मार्फत सत्य,तथ्य,निष्पक्ष ताजा र पारदर्शी समाचार सामग्री सधैँ पस्किने वाचा गरेका थिए। 

तेस्रो वार्षिकोत्सव समारोह अवसरमा सम्पूर्ण पाठक,दर्शक,विज्ञापनदाता, मिडिया हाउसका टिम, शुभचिन्तक सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै समारोहमा आउनु भएका विभिन्न व्यक्तिहरुलाई बिशेष धन्यबाद दिएका थिए।

कार्यक्रममा धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङ,सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ,माइला-कान्छा अभियान बेलायतका पार्वती गुरुङ र माया गुरुङ,शिव कल्चरल सेन्टरका अध्यक्ष वाचस्पति रेग्मी,एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तथा योग प्रशिक्षक नगेन्द्रराज नेम्वाङ, सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ,सहारा यूकेका उपाध्यक्ष कृष्ण गुरुङ, व्यवसायीहरु सूर्य गुरुङ, शान्तबहादुर गुरुङ,भीम गुरुङ, लक्ष्मी राई लगायत सहभागी रहेका थिए।

‘सूचना र मानवीय सेवा सँगसँगै’ अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा संचालनमा आएको र स्रष्टा सम्मान समेत गरेको थियो। पोखराका लोकदोहोरी गायक रामजी पौडेल,सन्तराज बिक र कर्मचारीतर्फ समाचार प्रस्तोता भावना लम्साललाई पनि नगदसहित सम्मान गर्ने घोषणा गरेको छ।

उहाहरु नेपालमा रहेकाले केही सातापछि नेपालमै नगदसहित सम्मान गर्ने डाइरेक्टर गुरुड्गले जनाउनु भयको छ। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?