Friday February 07, 2025

रसमोर वलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन भब्य सम्पन्न 

१५ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1938


रसमोर वलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम।

लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी यूके र ब्लाक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा रसमूर वेलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन शान्तपुर्ण सम्पन्न भएको छ। १ अक्टोबर २०२३ मा आयोजित १० किमि दौडमा सन्देश राई प्रथम भएका छन् भने म्याथु किङ्ग द्वितीय र रिचार्ड विल्लीयम तृतीय भएका छन्।

यो रसमोर वलसेल्ली दौडमा नेपाली मूलका राई नेपाली समुदायबाट पहिलो चोटी प्रथम भएका हुन्।गतबर्षको डौडमा राई द्वितीय भएका थिए। 

दौडमा प्रथम,द्वितीय र तृतीय हुने धावकहरुलाई पुरस्कार दिइएको थियो। प्रतियोगितामा सहभागी सय जनाले मेडल पाएका थिए। आठौं वर्षको यो दौडमा १० किमिमा ६२० जना र २ किमिमा १०० जनाभन्दा बढीले भाग लिएका थिए।

ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले १० किमी दौडमा नेपाली युवाहरुको र २ किमि दौडमा वृद्धवृद्धा बाआमाहरुको सहभागिता रहेको बताउदै कार्यक्रम सफल रहेको बताउनु भयको छ। 

जीआरएनसीले मार्सलको जिम्मा लिएको सो कार्यक्रममा साइन टास्ने काममा ब्लाक वाटर भ्यालीलाई सहयोग गरेको थियो।

रसमोर वलसेल्ली दौडका संयोजक जिआरएनसीका उपाध्यक्ष्य उत्तरबहादुर गुरुङले मार्सलिड्ग ब्यवस्थापन गरेको सो कार्यक्रममा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु, युवा बाबुनानीहरु र वृद्ध बाबाआमाहरुको उपस्थिती  थियो। 

जिआरएनसीका पुर्व अध्यक्ष रोहित गुरुङ र कार्यसमिति सदस्य सुष्मा गुरुङले नि:शुल्क खाना प्रायोजन गरेको सो १० किमी दौडमा भाग लिनका लागि २० पाउन्ड र टिकटका लागि छुट्टै २ पाउण्ड राखिएको थियो। २ किमिमा दौड गर्ने सहभागीहरुलाई भने प्रतियोगिता प्रवेश नि:शुल्क थियो।

कार्यक्रम आयोजक जीआरएनसीका अध्यक्ष गुरुङले सबैले सहयोग गरेर कार्यक्रम सफल भयको जनाउदै आभार प्रकट गर्नु भयको थियो भने आगामी कार्यक्रम अझ बृहत् बनाइने बताउनु भयो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?