Friday May 03, 2024

घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित

१६ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1369


घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित

शीतलपाटीन्युज डटकम।

लन्डन। घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित हुनु भएको छ। तमु समाज यूकेको १६ औं वार्षिकोत्सवको अवसरमा गत सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नारायणसि्ह गुरुङ सम्मानित हुनु भएको हो। 

उहालाई कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ,तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,तमु समाज युकेका उपाध्यक्ष भिमबहादुर गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए।

सोही कार्यक्रममा वा.के.ता. समाज लमजुङ युकेका अध्यक्ष सुब घले र हालसालै निर्वाचित गैर आवासीय नेपाली संघ युकेको सदस्य तथा तमु समाज युकेका सल्लाहकार काशीराज बोहोरा पनि सम्मानित भएका थिए। 

सम्मानकै क्रममा यसवर्ष तमुधिं युकेद्वारा आयोजित नेपाली मेलामा तमु समाज यूकेले भाग लिँदा नृत्य र झाँकी विधामा अहोरात्र खटिएर समाजलाई योगदान दिने सदस्य र कलाकारहरुलाई उपाध्यक्ष,प्रमुख अतिथि र संस्थापक अध्यक्षले खादा लगाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए। कदरपत्र प्राप्त गर्ने सदस्य तथा कलाकारहरुमा सल्लाहकार ज्ञानबहादुर गुरुङ, सदस्यहरु सूर्यकुमारी गुरुङ, लिलकुमारी गुरुङ, कुबिन्धर गुरुङ, मनकुमारी गुरुङ, बिजु गुरुङ,गोपाल गुरुङ,निवर्तमान सांस्कृतिक सचिव सरु गुरुङ राना, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ,तमु कलाकार सांस्कृतिक मञ्च युकेका अध्यक्ष पदमबहादुर गुरुङ,कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष अमृत गुरुङ,जरिना गुरुङ,सुमी गुरुङ,दिया लिम्बु,सुजिता गुरुङ सुबिना घले र ओसिएन राना, ओसिस राना,साईमन थापा,सिद्धार्थ गुरुङ र गौरव गुरुङ थिए। झाँकीमा प्रदर्शन गरिने आकर्षक नेपाली घर तयार पार्ने सदस्य अमृत गुरुङ र ज्येष्ठ नागरिक गुमानसिङ गुरुङलाई पनि सम्मान गरिएको थियो।

त्यस्तैगरी, यस वर्ष तमु समाज समाजलाई तन,मन,धन दिएर अहोरात्र खटिएर लाग्ने सदस्यहरुको योगदानको उच्च मूल्यांकन गर्दै पाँच जना सदस्यहरुलाई उत्कृष्ट समाजसेवा सम्मान २०२३ ले सम्मान गरिएको थियो। 

सम्मानित हुनेहरुमा सल्लाहकार अधिवक्ता राजु थापा, सूर्यकुमारी गुरुङ,मनकुमारी गुरुङ,लिलकुमारी गुरुङ र कुबिन्द्री गुरुङ थिए। सम्मानित हुनेहरूलाई उपाध्यक्ष बिन्दु घले,प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए।

समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,गैर आवासीय नेपाली संघ युकेका प्रमुख सल्लाहकार पदमा मनोनित भएकोमा समाजको तर्फबाट उपाध्यक्ष भिमबहादुर गुरुङ र प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले खादा,फेटा लगाई सम्मान गरेका थिए। यसैगरी निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र श्रीमती मिरा गुरुङको सुपुत्र जसले युकेमा रहेर पनि मुई थाई जस्तो स्पोर्ट्समा उल्लेखनीय उपलब्धि हासिल गरी समाजमात्र होइन सिंगो नेपालीकै शिर उच्च पार्ने काम भएकोमा समाजले खादा र फेटा लगाएर सम्मान गरेको थियो।

अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा सञ्चालित सो कार्यक्रम महासचिव धरमबल गुरुङले सञ्चालन गरेका थिए। 

(श्रोत:गोर्खा मिडीया)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?