Saturday June 14, 2025

२० औं वार्षिकोत्सव मनाउँदै बर्न्टओक नेपाली समाज

७ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1443


२० औं वार्षिकोत्सव मनाउँदै बर्न्टओक नेपाली समाज

GNNNEWS-

लन्डन - लण्डनस्थित बर्न्टओक नेपाली समाजले  स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको  छ। 

समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको बैठकले आगामी  १५ जुन,२०२४ (शनिबार) एजवेयरस्थित सेन्ट अल्फाज चर्च हलमा  २० औं वार्षिकोत्सव मनाउने निर्णय गरेको हो।  समारोहमा विशिष्ट अतिथिहरुलाई पनि आमन्त्रण गरिने जनाइएको छ। 

बैठकमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्कीले बैठकले संस्थालाई कम्पनी हाउसमा दर्ता गर्ने सम्बन्धमा भै रहेको प्रगति बारे जानकारी गराएका थिए। त्यस्तै  लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले समाजको लागि आफ्नै भवन प्राप्त गर्ने तर्फ भैरहेको प्रयासबारे जानकारी गराएका थिए।  

 बैठकको संचालन सहायक महासचिव प्रेम कडेलले  गरेका  थिए भने  बैठकको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले बैठकको लागि आतिथ्य प्रदान गर्ने उपाध्यक्ष मुरारी थापा  लगायत सहभागी सबैलाई धन्यवाद दिएका थिए।

सन् २००४ मा स्थापना गरिएको समाजले दशैं, तिहार, तीज जस्ता कार्यक्रम मनाउनुका साथै युवा, महिला, बालबालिका लगायत आफ्ना सदस्यहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।  



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?