Friday May 03, 2024

को हुन त भुकम्प पिडीतलाई आर्थिक सहयोग गर्ने महिला प्रहरी अधिकृत

२२ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1517


को हुन त भुकम्प पिडीतलाई आर्थिक सहयोग गर्ने महिला प्रहरी अधिकृत

शीतलपाटीन्युज डटकम।

२२ कार्तिक,काठमाडौं। नेपाल प्रहरीका अफिसर गोमा पराजुली (कन्चन) ले आफ्नो एक महिनाको पारिश्रमिक जाजरकोटका भूकम्प पीडितको राहतका लागि सहयोग गरेको समाचार छ। गत  शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पिडितका लागि गोमा पराजुली(कन्चन)ले एक महिनाको पारिश्रमिक राहत स्वरुप प्रदान गरेकी छन।

भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गरेको राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेको कुरा समाचार आएको जानकारी प्राप्त भयको छ।

‘यो समयमा भूकम्प पीडितलाई सबैको साथ र सहयोगको आवश्यकता छ भन्नु भयको छापाहरुमा आएको छ, आफूले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ। प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौं,जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौं।’

घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनःस्थापनामा आआफ्नो तर्फबाट सबैलाई सहयोग गर्न समेत उहाले अपिल गर्नु भयको बुझिएको छ।  निडर र हक्की स्वभावकी देखिने कन्चन राष्ट्रसेवक स्वाभिमानी प्रहरी अफिसर भयको कुरा उहाको कामबाट बुझ्न सकिन्छ।

यसअघि पनि दुःखी र पीडितहरुको घाउमा मलम लगाउँदै आएकी कन्चन नेपाल प्रहरीमा काम गर्ने देशको रक्षा गर्ने योद्धा हुन्। नेपाल प्रहरीका संगठनमा रहेर काम गर्दै आएपनि उनले समाज सेवा छोडेकी छैनन्। उनी निरन्तर समाज सेवामा तल्लिन छिन्।उनले अहिलेसम्म काठमाडौका सडकपेटीमा रहेका अनाथ तथा पशुपति मन्दिरको छेउछाउमा उपचार नपाएर भौतारि रहेका बिरामी तथा दिन दुःखीलाई समेत उपचार गर्दै एक मानवको धर्म निर्वाह गर्ने गरेको पनि समाचार छ।

यस्तै सडकका जनावर तथा विशेष गरी बाँदरहरूलाई खाना खुवाउने,बाँदरका लागि प्रत्येक महिना फलफूलहरू ल्याएर खुवाउने गर्छिन् भन्ने समाचार छ कंचनको।  पशुपति मन्दिरमा रहेका बाँदरलाई मात्रै खाना र फलफूल खुवाउन लागेको एक दशक भइसकेको र पशुपति मन्दिरमा उनी जहिले पनि फलफूल लिएर बाँदर तथा गाईहरू लाई खुवाउन आउने गरेको पशुपति धार्मिक विकास कोषका अधिकारीले बताएका छन।  उनी प्रत्येक हप्ताको शनिबार पसलहरूबाट सस्तोमा फलफूल र खाना किनेर आफ्नै स्कुटिमा हालेर कपन भागेश्वरी मन्दिर,गुहेश्वरी वरपरका ठाउँहरूमा गौमाता,काग र बाँदरहरू लाई फलफूल दिने गरेको स्थानीय व्यापारीहरूले बताएका छन्। 

यति मात्रै होइन जागिरबाट पाएको तलव विभिन्न आश्रम तथा अनाथालयका दिन दुःखी गरीबहरुलाई दिएको र आफूले भने सेक्रिफाइस गरेर हिँड्ने गरेको उनका साथीहरू एवं हितैसीहरु बताउँछन्। 

यसअघि स्थानीय  तथा प्रदेश तथा संघीय निर्वाचनका बेला कन्चनसँगै ड्यूटी गर्दा काम गर्ने जुनियर नेपाल प्रहरी एक जना कन्चनकै सहकर्मी हिरा मगर भन्छिन् “कन्चन म्यामसँग डिउटी गर्दा कहिले हामीले भोकभोकै बस्नु परेन्,खाना र खाजा किनेरै बाड्नुहुन्थ्यो,म्याम जस्तो निस्वार्थ सेवा गरिरहेका प्रहरी महिला अफिसर पाउनु गाह्रो छ तर हामीले पायौं,हामी आफूलाई भाग्यमानी ठान्छौं उनले भनिन।’

अर्का प्रहरी जवान जीवन किरण मगर भन्छन्“कञ्चन म्याम यो देशको साच्चिकै शान हुनुहुन्छ, यस्ता अफिसर पाउनु नै गाह्रो छ, गोमा म्याम त सरकारी खाना समेत खानु हुन्न किन कि खानामा हाल्ने भएकाले लसुन ब्याज बिनाको खाना मात्रै खानुहुन्छ,त्यो पनि उहाँको हिम्मत यो शक्ति हाम्रो भन्दा अझै अब्बल र बलियो छ, अचम्म लाग्छ,धेरै माथिको हाकिमसँग भने उहाँको कुरा नै मिल्दैन आफूभन्दा ठूलो  भएकाले भगवान भन्छन् जहाँ पनि हामी उहाँका लागि ज्यान  दिन तयार छौ।”

यस्तै,एक जना नेपाल सरकारका सचीवले भने,‘उनले २०७२ सालको  बिनाशकारी भुकम्पमा काठमाडौं मै पर्ने साँखुमा सम्पत्ति शुद्धिकरणको टिममा हामीसँगै जानुभाथ्यो,आफ्नो ज्यान जोखिम राखेर पनि काम गर्नुभएको थियो,भुकम्पले च्यापिएका मृतक र उनीहरुका सरसमानहरु अरुले भित्र जान नमानेको उनी त्यहीँ भित्र पसेर ती समान र मृतका लासहरु निकाल्नु भएको थियो, उनी साच्चिकै हिम्मतवाली हुनुहुन्छ, यस्ता प्रायः कमै  प्रहरी भेटिन्छन्, उनी निडर,साहसी र उत्तिकै प्रभावशाली प्रहरी अफिसर हुनुहुन्छ।’  यस्तै,उमा कुण्डको आश्रमको वृद्या श्रममा रहेका वृद्धलाई आफ्नै स्कुटिमा राखेर तिल्गेस आइजको अप्रेसन गराउन तिलगंगा आँखा अस्पताल आफ्नै पारिश्रमिकबाट उपचार गरेको त्यही आश्रमका वृद्धहरु बताउँछन्।  

यति मात्रै होइन धेरै सेवा गर्ने ठाँउहरुमा समेत डिउटि बाहेकको समयमा उनी गरीबसँग बिताउने र कोही खान नपाएकोलाई खाना दिने र बोकेको खाजा भोकभोकै हिँड्ने बटुवालाई समेत दिने गरेको उनका साथीहरूले बताएका छन्।

यस्तै,प्रहरी अफिसर कन्चनले सेवा गरेका आश्रमहरुमा सङ्खमुल आश्रम सेवा,गाईमाता आश्रम सेवा,स्वर्गद्वारी आश्रम सेवा,मुक्तिनाथ आश्रम सेवा लगायत रहेका छन्। उनी वृद्दाआश्रमको आजिवन सदस्य समेत रहेकी छन्।

गोमा पराजुली भन्छिन “सेवा गरेको अरुले एक्सपोज गर्दा मन पर्दैन,फोटो पनि पोस्ट नगरिदिनुस्,समाचार पनि नबनाईदिनुस्,मलाई देखावटी सेवा मन पर्दैन उनी भन्छिन्, ‘उनलाई मिडियाका पत्रकारहरुले अन्तर्वार्ताका लागि समय माग्दा समेत समय छैन भन्छिन सेवा गरेर मिडियामा देखिनैपर्छ भन्ने के नै छ र ?  

उनी आफूलाई ठूलो र सरकारी कर्मचारी भन्न पनि मन पराउँदिनन। यसैक्रममा उनले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत दिँदै गर्दा पत्रकारले नै खोजी गरि उनका बारेमा यी सबै जानकारी र कुराहरू बाहिर ल्याएका हुन्। 

समाजसेवामा तल्लीन रहेकी उनी एक वर्ष अघि पशुपति मन्दिरमा मात्रै पूजा आराधनाका क्रममा उपचार नपाएर तड्पिरहेका र छ्ट्पटिरहेका एक जना एक जना बृद्ध उपचार नपाएर छट्पटी रहेको अवस्थामा भेटिएपछि उनले अस्पताल लगेर उपचार गराएकी थिइन् यो त एक उदाहरण मात्रै हो। हामीलाई प्राप्त जानकारी अनुसार उनी उच्च शिछ्या एमफिल तथा एलएलबि गरेकि र नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट विभूषित भैसकेकी छिन्। २०७६ सालमा जनसेवा पुरस्करबाट नेपाल सरकारले उनलाई बिभुषित गरेको पनि बताईएको छ।

(नेपालबहसबाट साभार)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?