Friday May 10, 2024

अध्ययन,ज्ञान,सीप र क्षमताको अधिकतम प्रयोग गर्ने अध्यक्षका उमेदवार पराजुलीको प्रतिवद्धता

३ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1470


अध्ययन,ज्ञान,सीप र क्षमताको अधिकतम प्रयोग गर्ने अध्यक्षका उमेदवार पराजुलीको प्रतिवद्धता

सुरेश कोइराला,

बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उमेदवार  डिलुराम पराजुलीले अमेरिकाभर छरिएर रहेका नेपालीलाई एउटै संस्थामा आवद्ध गराउनेदेखि रोजगारी तथा नवप्रवद्र्धन कामका लागि अघि बढ्ने अठोट लिएर बताउँनु भएको छ। एनआरएनएलाई पारदर्शी, जवाफदेही तथा उत्तरदायित्व बोध गराउन महत्वपूर्ण भुमिका खेल्दै नयाँ सोच बनाएर एनआरएनलाई उच्च हाईटमा पुर्याउन आफुले उम्मेदवारी दिएको उहाँले अमेरिकाको बाल्टिमोर,न्युयोर्क, बोस्टन र सिकागोको चुनावी प्रचारप्रसार कार्यक्रममा बताउँनु भयो ।

‘एनआरएनए एनसीसीलाई अल्पकालीनदेखि दीर्घकालनी रणनीति बनाएर दिगो आर्थिक स्रोत तथा आय निर्माणमा सबैलाई अग्रसर गराउन म प्रतिवद्ध छु,’ उहाँले भन्नु भयो ‘म अध्यक्षमा निर्वाचित भएमा बहुआयामिक परिमाणमुखी काम गरेर देखाउने छु।’ सर्वसुलभ लगानीको वातावरण सिर्जना गर्ने मेरो पहल कदमी हुनेछ।’

अध्यक्षका उम्मेदवार डिलु पराजुली ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर चुनावी मैदानमा उत्रिनु भएको हो । पराजुलीले सन् २०२३÷२०२५ सम्म अध्यक्ष बनेर अध्ययन, ज्ञान, सीप र क्षमताको अधिकतम प्रयोग गर्ने संस्थालाई सहयोग गर्ने, संस्थालाई आफै सञ्चालन हुने सक्ने सवल र सक्षम बनाउने प्रतिवद्धता गर्नु भएको छ। 

सबैभन्दा बलिया उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका बौद्धिक व्यक्तित्वका धनी पराजुलीले एनआरएनए एनसीसीलाई आफै सञ्चालन हुने सक्ने सवल र सक्षम संस्था बनाउन पहल गर्ने बताउँदै आएका छन्। 

‘‘ ‘मेरो विजय पछि संस्थाका हरेक सदस्यलाई क्षमताअनुसार जिम्मेवारी दिने सिष्टमको विकास गर्नेछु।’ उहाँले भन्नु भयो । नेपाल सरकारले दिने गरेको एनआरएन कार्डलाई नेपाली ग्रिनकार्ड बनाउन पहल गर्नेदेखि अमेरिकामा सामुहिक इन्स्योरेन्स  नीति, महिला सहभागिता बढाउने, युवा लक्षित आकर्षक गतिविधि गर्ने, अत्याधिक पञ्जीकृत सदस्य बनाउने लगायतका काम  आफ्नो प्राथमिकतामा रहेको उहाँको प्रतिवद्धता छ। 

अमेरिकामा पाइने अन्य माइनोरिटीका बेनिफिटका लागि समेत आफूले पहल गर्ने उनले बताए। विगतमा गरेको अनुभव  भोलिका दिनमा सुधार गरेर अघि बढ्नका लागि यसको कार्य क्षेत्रबारे अध्ययनरत व्यक्ति भएको नाताले एनआरएनएको एनसीसीको अध्यक्षको नेतृत्व लिन आफु सक्षम भएको दावी उहाँको छ। 

विभिन्न जातजाति, धर्म संस्कृति जुन समुदायबाट आएका नेपाली समुदायका लागि सेवामुखी र सकारात्कम गरिमा बोकेको एनआरएन निर्माण गर्ने चाहना उहाँले छ । 

विदेशी भूमीमा बसेपनि मातृभूमीको सम्मान र सेवा गर्नको लागि सानादेखि ठूला परियोजनासम्म लगानी गर्ने वातावरण बनाउने उहाँको प्रतिवद्धता छ।‘ दोहोरो नागरिकताको मुद्दा, नेपाली अमेरिकन सिटिजनशीपलाई पर्यटन भिषामा नेपाल जाँदा सहज अर्थात भिषा लगाउन नपर्ने बनाउनेमा पहल गर्ने, नेपाली समुदायको चापलाई मध्येनजर गर्दै यसको व्यवस्थापन मिलाउन वाणिज्य दुताबाससँग छलफल गरी सहजीकरण गर्नेदेखि अमेरिकामा जन्मिएका नयाँ पुस्तालाई एनआरएनसँग जोड्ने मिलन केन्द्र बनाउने उहाँ प्रतिवद्धता छ। पराजुलीले विभिन्न सामाजिकदेखि राजनीतिक संस्थामा रहेर सामाजिक काम गर्दै आएका छन्।

अध्यक्षका उमेदवार पराजुलीले केन्टुकी च्याप्टरको २ कार्यकाल अध्यक्षको र हालको उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् । सक्षम र कुशल नेतृत्व लिन सक्ने व्यक्ति भएकै कारणले उहाँलाई सम्पुर्ण च्याप्टरहरुले भव्य तबरले आगामी अध्यक्षको रुपमा स्वागत गरिरहेका छन् । 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?