Friday May 03, 2024

दिन,दुःखी,असहाय र जोखिममा रहेका मानवहरुको उद्धार गर्ने मानव सेवा आश्रम नेपाललाई सहयोग गरौ

५ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1745


दिन,दुःखी,असहाय र जोखिममा रहेका मानवहरुको उद्धार गर्ने मानव सेवा आश्रम नेपाललाई सहयोग गरौ

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपालमा संचालित सबै भन्दा ठुलो परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजनाको सहयोगार्थ बेलायतमा च्यारीटी कार्यक्रमको एउटा प्रेषमीट सम्पन्न भयको छ।  लोकप्रिय गायिका आनी छोइङको कन्सर्ट हुने गरी सो मानव सेवा आश्रम बेलायतले सो प्रेषमीट गरेको हो। मानव सेवा आश्रम बेलायतका अध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षता भयको सो प्रेषमीटमा आगामी ५ मई २०२४ मा गायिका आनीको सांगीतिक कन्सर्ट “इनर मेलोडी फर इनर पिस” गर्न लागेको बताईयो।


आइतबार लन्डन नर्थ हेरो स्थित सारस रेष्टुरेन्टमा आयोजित सो पत्रकार सम्मेलनमार्फत संस्थाले अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्ली फेमीलीग्रीनस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम हुने तय भएको र कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने बताइएको छ। सकेसम्म न्यूनतम खर्चमा कार्यक्रम गरि त्यसबाट एक लाख पाउण्ड भन्दा बढी वचत गर्ने आयोजकको लक्ष्य रहेको छ।


कार्यक्रममा अध्यक्ष खड्काले कन्सर्ट नितान्त मानविय दीन,दुःखी,गरिव असहायहरुको सेवाका लागि र जोखिममा रहेका मानवहरुको उद्धारका लागि गर्न लागिएको पनि प्रष्ट पारेका थिए।कार्यक्रम सम्पन्न गर्न आनीसंगै उनको ७ जना  वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने भयको जनाईएको छ।


मानव सेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले प्रेषमीटमा बोल्दै पवित्र उद्देश्यका लागि गर्न लागिएको कन्सर्टको व्यापक प्रचार प्रसार गरि दिन पत्रकारहरुलाई अनुरोध गरेका थिए। संस्थाका सल्लाहकार शिवजी श्रेष्ठले कार्यक्रम प्रचार प्रसारका लागि मिडियाको अहंम भूमिका हुने जनाउंदै सहयोगको अपिल गरेका थिए। सल्लाहाकार श्रेष्ठले सहभागी सबैलाई धन्यवाद समेत दिएका थिए।सो अवसरमा इभेन्ट कोअर्डिनेटर नमस्कार इभेन्ट्सका अश्विन श्रेष्ठ,प्राविधिक सहयोग साउण्ड इन्जिनियर डिजे भिम लिम्बुले आफ्नो भुमिकाको बारेमा बताएका थिए।
कार्यक्रमको मुख्य प्रायोजक रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी प्रा. लि. का निर्देशक वसन्त नेपालले व्यवसायिक लाभ भन्दा पनि पवित्र उद्देश्यका लागि कार्यक्रम गरिएकाले आफ्नो कम्पनीले मुख्य प्रायोजन गरेको बताएका थिए।
मानव सेवा आश्रम बेलायतकी सदस्य मन्जु भण्डारीले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा सहसंयोजक समाजसेवी राजु आचार्य,जीवनबहादुर शाही,रमेश श्रेष्ठ,क्याट यूके अध्यक्ष कृष्ण तिवारी र पूर्व अध्यक्ष रितेश राज पाण्डे,आशिष श्रेष्ठ,गायक सन्दिप विश्वकर्मा, सरस्वती केशी लगायत कान्तिपुरका संबाददाता एवम एफएनजे युके पुर्व अध्यक्ष नविन पोखरेल,अन्नपुर्ण पोष्टका संवाददाता एवम एफएनजे युकेअध्यक्ष ध्रुव राज अर्याल, सेतोपाटीका संबाददाता फणिन्द्र भट्रराई,रातोपाटीका संबाददाता एवम एफएनजे युके महासचिब नरेन्द्र बस्नेत,बोर्ड अफ डाईरेक्टर गोरखा च्यानल बिमला सेनी, शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी समेत सहभागी थिए ।
उक्त अवसरमा मानव सेवा आश्रमले दशकयता गरेको सेवाबारे एक डकुमेन्ट्री समेत देखाइएको थियो। सहयोगको पर्खाइमा सडकमा सुतिरहेका वा साङ्लोमा बेरिएका अनि बलात्कृत महिलाको उद्दारमा निर्मित उक्त ह्दय विदारक डकुमेन्ट्री हेरेर उपस्थित सहभागीहरु निकै भावुक बनेका थिए।
वि.सं. २०८२ सम्म सडक आश्रित मानव मुक्त नेपाल निर्माण गर्ने लक्ष्य लिएको मानव सेवा आश्रम नेपालले सातै प्रदेशका १९ जिल्लामा २४ सेवाकेन्द्र सञ्चालन गरी ७७ वटै जिल्लाका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै सेवा पुर्याएको छ।
आश्रमको आफ्नै ३ वटा भवन र ३ वटा सरकारी भवन सञ्चालनमा छन् भने यही वर्षभित्र ३ वटा भवन सम्पन्न गर्ने लक्ष्य छ । निर्माणाधिन ४ भवन नेपाल सरकारसंग सहकार्य गरिरहेको नेपालको एक प्रसिद्ध परोपकारी संस्था मानव सेवा आश्रमले स्थापनाको एक दशक अवधिमा करिब १० हजार बढी मानसिक र शारिरीक रूपमा असक्त व्यक्तिहरूलाई आश्रय प्रदान गरिसकेको बताएको छ भने परिवारबाट अलग भयका मानिसलाई परिवारसँग पुनर्मिलन गराएको छ। संस्थाले आश्रमबाट नियमित र दिगो सेवा प्रदान गर्न आश्रम निर्माण कार्य बढाइरहेको पनि पत्रकार सम्मेलनमा जनाइएको थियो। साथै इभेन्टलाई के के मूभिज, नमस्कार इभेन्ट्स लगायतले प्रत्यक्ष सहयोग गर्ने भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?