Friday May 03, 2024

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकलाई बस्ने ठाउ अपुग

५ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1669


कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकलाई बस्ने ठाउ अपुग

शीतलपाटीन्युज डटकम।

पोखरा।दशैं,तिहार सकिए लगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको समाचार छ। जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन्। वरपरका गाउँबस्ती र थुम्का उनीहरुको रोजाइमा पर्ने गरेको छ । सोही कारण कास्कीका पर्यटकीय गाउँहरुमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं १० र ११ मा पर्ने घान्द्रुकमा शुक्रबार दुई हजारभन्दा बढी पर्यटक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनु भयको छ। उहाका अनुसार शनिबार पनि दुई हजारकै हाराहारीमा पर्यटक पुगेका थिए।

‘पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्णरुपमा भरिएर हाउसफुल नै भएको थियो’, अध्यक्ष गुरुङले भन्नु भयके छ, ‘धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। पाहुनालाई हामीले फर्काएका छैनौँ।’ घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान,मौसमी अवस्था लगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उहाले सबैलाई आग्रह गर्नु भयको छ।

घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन्। हामीले मिलाएर त राखेकै छौँ’,अध्यक्ष गुरुङको भनाई हो यो।, ‘पाहुनाको सुविधाका लागि उहाँहरु आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो।’ उहाका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन्।

पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो। होटल,होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उहाले जानकारी दिनु भयको छ।

कास्कीकै मादी गाउँपालिका–१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ। दशैं, तिहार सकिए सँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनु भयको छ। सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उहाको अनुभव रहेको छ। 

(फेसबुकबाट साभार)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?