Friday May 03, 2024

पुस्तकभित्र दूत पुन 'चिम्खोले काइँला'

८ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1244



सुरेशजङ्ग शाह                                                                                     
संस्थापक तथा निवर्तमान अध्यक्ष 

नेपाली साहित्य विकास परिषद् यूके

                                                                       स्थापित १९९५ (२०५१विसं), लण्डन

 

                       'म कोसोभोको युद्धमा शान्ति सुरक्षामा जानेदिनमा बिहान सबेरै उठेँ । छोरीहरू सुतेका थिए। जमुना मसँगै उठेकी थिइन्। युद्धमा जानका लागि उर्दी लगाएँ। सुतेकाछोरीहरूलाई म्वाइँ खाएँ । छोरीहरूलाई छोएर भनेँ, छोरीहरू हो ! यदि युद्धमा मेरो मृत्यु भएछ भने तिमीहरूसँग अर्को जुनीमा अर्थातस्वर्गमा भेट होला । जमुनाको पनि हात समातेर  भने, यदि मेरोमृत्यु भएछ भने छोरीहरूको लालनपालन राम्रोसँग गर्नु। राम्रोशिक्षादीक्षा  दिनु। तिम्रो शरीरको ख्याल गर्नु। मेरो इन्सोरेन्सगरेकोछु। इन्सोरेन्सबाट पैसा आउँछ। काठमाडौँमा घर छ। मेरोपेन्सन आउँछ। राम्रोसँग घर चलाउनु। छोरीहरूको राम्रोसँग कर्मचलाइदिनु। यदि तिमीलाई अर्को विवाह गर्ने इच्छा भयो भने पनिअर्को विवाह गरेर सुखका साथ  जिन्दगी विताउनु।'

युद्धका बेला बारुद र बमगोलासँग खेल्ने सैनिकजीवनको पारिवारिक विदाइको त्यो क्षण कस्तो कारुणिक होलाहामीले अनुमान मात्र गर्नसक्छौँ तर स्वयम् सैनिकको त्यो क्षणकोमन र मुटुको अनुभूति यी माथि उद्दृत गरिएका पङ्क्तिहरूमाअभिव्यक्त गरेका छन् लेखक पूर्व गोर्खा सैनिक  दूत गर्बुजा पुनअर्थात साहित्यकार चिम्खोले काइँलाले आफ्नो जिवनी'लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म' पुस्तकमा। चार सयसत्ताइस पेजको पुस्तकमा ८९ शीर्षकमा आफ्नो जीवनी उतारेका जिवनीकार चिम्खोले काइँला अर्थात दूत गर्बुजा पुनले  आफ्नोलेखकीय शिल्प बढो रोचकरूपले उत्सर्ग उत्सुक्ता  रकलाइमेक्सको फ्युजन गरेर पाठक वर्गको मनमा यसपछि अव केहुन्छ (?) भन्ने एउटा कौतुहल्ता उब्जाउन सफल रहेका छन्। जुनशिल्प जिवनी लेखनको उत्कृष्ट कला हो। नायकको केन्द्रविन्दुमा खलनायक र अन्य पात्रहरू चलायमान बनाएका छन् ।घटना परिघटनाहरू  एक पछि अर्को रोचकरूले प्रस्तुत गरेका छन्।  पढ्दापढ्दै कतै वेदनाले  गह भरिने त कतै ओँठमा फिसिक्कहाँसो फुस्कने  लेखन कौसलतामा घटनाक्रमहरूलाई संप्रेशण गर्न लेखक सफल छन्।  जस्ले गर्दा पाठक वर्गलाई कसैको जिवनीपढिरहेको भएपनि कुनै सत्य घटनामा आधारित उपन्यासपढिरहेको अनुभूति हुन जान्छ वा कुनै चलचित्र हेर्दा प्रदामा दखिनेदृश्य आँखामा झल्किरहेको भान पर्दछ। यो लेखकको सबल पक्षहो।

            सर्जक साहित्यकार, पत्रकार, समाजसेवी, चलचित्रनिर्माता, काथाकार, गीतकार,लेखक चिम्खोले काइँलाकोजीवनमा बालकालदेखि नै धेरै उत्तरचढावहरू रहेकाछन् तर पनिआफ्नो इच्छा शक्तिलाई जस्तोसुकै प्रतिकुल अवस्थामा पनिगलित हुन दिएका छैनन् र एउटा औसर गुमे पनि अर्को औसरकोखोजी र प्रयत्नहरू  जारी नै राखेका छन् र अन्तत: प्राप्ति गरेरैछोडेका छन्। चाहे एस एल् सी पढ्दाको कुरा होस् वा शिक्षककोजागिर खाँदाको कुरा होस वा  गल्लावालासँग छनौटमा छातीनाप्दाको घटना होस् वा लाहुरे भर्तीमा  नाम निस्किदाको कुरा होस्वा बेलायतमा घर किन्दाको अप्ठेरो परिस्थितिको निर्णय  होस्जता पनि जुजारू भएर एउटा नायकको भूमिका निर्वाह गरेका छन्दूतले। जीवन यात्राका सबल पक्ष र दुर्बल पक्ष प्रस्ट राखेका छन्। उद्देश्य पहिलाउन र परिणतीमा पुर् याउन आफ्नो इच्छा सक्तिजस्तोसुकै परिस्थितिमा कतैपनि दुर्बल हुन दिएका छैनन्। यो नैउनको सफलताको मूल बाटो हो,पुस्तकले यही पुष्टि गरेको छ।पुस्तक पढेर जुन अरूका लागि पनि एउटा प्रेरणा  र  उर्जाकोअनुकरणीय उदाहरण हुन सक्दछ।  पाठक वर्गलाई यो'लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म' पुस्तक पढेर लाभलिनुहुन सुझाउँदछु। लेखक मित्रमा शुभकामना।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?