Sunday April 28, 2024

आउँदो साता बेलायत आउंदै मह जोडी, कार्यक्रममा भाग लिन दिए चुलो निम्तो

३० मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1382


आउँदो साता बेलायत आउंदै मह जोडी, कार्यक्रममा भाग लिन दिए चुलो निम्तो

GNN NEWS-
लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् ।

'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हुन्। भिडियो सन्देशमा महले विगतमा पनि बेलायतका नेपाली दर्शकबाट साथ पाएको स्मरण गर्दै यसपटक त्यस्तै साथ सहयोग रहने आशा व्यक्त गरे।
बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेश्रो साता च्यारिटी उद्देश्य राखेर गर्न लागेको कार्यक्रमका लागि मह जोडी २० डिसेम्बर बेलायत आउने जनाइएको छ । मह जोडीका साथ यमन श्रेष्ठ (मदनका सुपुत्र) पनि बेलायत आउने भएका छन्। मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको छ।

सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह प्रस्तुति हेर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, हयारो मेयर,काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने जनाए।

'कार्यक्रमप्रति दर्शकहरुको एकदम सकारात्मक रेस्पोन्स पाएका छौं',उनले भने, 'हामी हाउस फुल होस् भन्ने आशा राख्दछौं । बेलैमा टिकट लिए तपाईंहरुले डिस्काउन्टमा खरिद गर्न सक्नुहुन्छ, आउनुस् सबै महसंगै कार्यक्रममा रमाऔ।'तामाङका अनुसार, एडभान्स टिकट मूल्य जम्मा २५ पाउण्ड छ। विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि जम्मा २० पाउण्ड लिइने पनि उनले जनाए।
 
ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। कार्यक्रमको बीचमा यमन श्रेष्ठ र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन्। ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक जुटाउन आयोजक टिम दिनरात खटिएको छ।
सेन्टरका अध्यक्ष भीम तामाङले मह जोडीलाई कार्यक्रमबाहेक नेपाली समुदायका अग्रजहरुसंग भेटघाट, हिन्दू, बुद्धिष्ट,मुस्लिम र इसाइ धर्मावलम्बीहरुका आस्थाको केन्द्र अवलोकन भ्रमण,पत्रकार सम्मेलन आदि गराउने योजना बनाइएको बताए। उनले बेलायतवासी नेपाली दर्शकहरुलाई 'गुडकज' उद्देश्य राखेर गर्न लागिएको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन्।

बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको सेन्टरले जनाएको छ। सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?