Tuesday May 20, 2025

“हाईक फर नेपाल इन वयल्स”का लागि बेलायत आइपुगेका मास्टर इन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङलाइ लण्डनमा भब्य स्वागत

४ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2388


“हाईक फर नेपाल इन वयल्स”का लागि बेलायत आइपुगेका मास्टर इन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङलाइ लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।

लन्डन। भिजिनरी इन्टरनेसनल प्रालिका सीईओ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ र साइकोलोजी काउन्सलर,मास्टर हिलर राजी श्रेष्ठ गुरुङ बेलायत आइपुगेका छन्। 

वी विल राईज फाउन्डेसनको निमन्त्रणामा गुरुङद्वय बुधबर १९ जुलाई २०२३ का दिन बेलायत आइ पुगेको हो। गुरुङ जोडीको सम्मानका लागि नेपाली भिलेजका ईभेन्ट्स डाइरेक्टर तथा वी विल राईज फाउन्डेसन बेलायतका कोअर्डिनेटर मानप्रसाद गुरुङले गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा बुधबार स्वागत भेटघाट र डिनरको कार्यक्रम आयोजना गर्नु भएको थियो। 

सो स्वागत कार्यक्रममा ६ पटक युके लाटे आर्ट च्याम्पियन धन तामाङ,ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ,गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष एवं गोर्खा प्यालेसका सञ्चालक सूर्य गुरुङ,नेपाल भिलेज युकेका डाइरेक्टर पवित्र गुरुङ,काउन्सीलर धनबहादुर सार्की,हाम्रो स्वाभिमान ट्रष्ट युकेका अध्यक्ष रोहित गुरुङ,फोटोग्राफर ईजरा श्रेष्ठ र ब्रिटिस गोर्खा वेलफेयर सोसाईटीका पीआर प्रकाश गुरुङको सहभागिता थियो। 

आगामी जुलाईको २१ देखि २३ सम्म ऐक्ज्युकेटिभ रिट्रिट,२६ जुलाईदेखि ३० जुलाई हाईक फर नेपाल इन वयल्सका साथै आकश नेचर वाक फर वेल्नेस र लिमिट्लेस युथ ट्रान्सफर्मेसनको कार्यक्रम इन्द्र र राजी गुरुङले वेल्समा गराउने जानकारी आयोजक मानप्रसाद गुरुङले जानकारी दिनु भयको छ। उहाका अनुसार कार्यक्रममा मिडिया र ब्लगर सपना रोकाको पनि उपस्थिति रहनेछ। 

यी सबै कार्यक्रम पोखरेली मञ्च युके र वी विल राईज फाउन्डेसनको सक्रियता हुन लागेको हो।गत अप्रिल महिनामा पनि उहाहरु ग्रेटर रसमुर नेपाली कम्युनिटीको निम्तोमा बेलायत आएर नेचर वक, लाइफ ट्रान्सफर्मेसन रिट्रिट र धेरै जनालाई हिलिङ गराएर नेपाल फर्कनु भयको थियो। 

(फोटो-गोर्खा मिडीया)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?