Thursday March 20, 2025

सहारा युके ८औ कार्यसमितीको पहिलो बैठक सम्पन्न

१८ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1605


सहारा युके ८औ कार्यसमितीको पहिलो बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन।बेलायतमा रहेर फुटवल खेल,शिक्षा,स्वास्थ्य र च्यारीटी सहयोगमा अग्रणी भुमिका खेलेको सहारा युकेको नयाँ कार्यसमितिको पहिलो बैठक धौलागिरी रेस्टुरेन्ट,रेडिङमा सम्पन्न भएको छ ।

कृष्ण गुरुङको अध्यक्षतामा सन् २०२३–२०२५ का लागि निर्वाचित   नयाँ कार्यसमिति सर्वसम्मत्त निर्वाचित भएको थियो।यो निर्वाचित कार्यसमिति सहारा युकेको आठौं कार्यसमिति हो। 

नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको आठौ कार्यसमितीको बैठकको सञ्चालन महासचिव क्या.पिताम्बर गुरुङले गर्नु भयको थियो। पुरानो ७ औ  कार्यसमितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिको स्वागत गरियको थियो।  कार्यक्रममा कोषाध्यक्ष कुमार थापाले संस्थाको आयव्यय प्रस्तुत गरेको सो बैठकमा अक्षयकोषको बारेमा सहकोषाध्यक्ष जगन गुरुङले प्रकाश पारेका थिए। 

सो बैठकमा कार्यसमितीमा नयाँ सदस्य एवं सल्लाहकार चुन्ने विषयमा पनि छलफल भयको थियो।सहारा क्लब युकेले २३ औं आहा रारा पोखरा गोल्डकप सन्दर्भमा छलफल गरेको र खेल संचालन र सहयोग गर्न पोखरा जाने तयारी समेत गरेको समाचार छ। सहारा क्लब पोखरा आयोजनामा आगामी माघ ९ देखि २० सम्म पोखरा रंगशालामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ। आहा रारासहित १८ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथन र बगर भाइखलकलाई के-कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे पनि आठौ कार्यसमितीको बैठकमा छलफल भएको थियो। 

तीन साताअघि सम्पन्न १५ औं साधारणसभा तथा सातौं अधिवेशनबाट उपाध्यक्षमा शारदा गुरुङ,महासचिवमा क्या पिताम्बर गुरुङ,सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा,सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ,
सीईओमा मेग गुरुङ,खेलकुद सचिवमा शमशेर गुरुङ,युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय कार्यसमितीमा चयन भएका थिए।  

कार्यसमिति सदस्यहरुमा मनोज गुरुङ,मिलन तमु,सुधा गुरुङ,दल गुरुङ,देव गुरुङ,गम गुरुङ,दिपक (राजु) गुरुङ,सविन्द्रकुमार गुरुङ (एसके),अमृत गुरुङ र अजयजंग थापा चयन भएका छन्।  

सो बैठकले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेकी चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङको निधनमा समबेदना प्रकट गरेको थियो।

श्रोत-गोर्खा मिडीया।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?