Sunday May 05, 2024

लण्डनको मिडलैण्डमा भजन किर्तन महोत्सब हुदै

२७ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1296


लण्डनको मिडलैण्डमा भजन किर्तन महोत्सब हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजले मिडलैन्डमा भजन किर्तन महोत्सवको आयोजना गर्ने निर्णय भयको छ।नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएको हो।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार बुधवार बसेको साझा नेपाली समाजको बैठकले मिडलैन्डको नटिङगहममा मार्च २५ गते सोमवार शिबरात्रीको दिन मिडलैन्ड भजन किर्तन महोत्सवको आयोजना गर्ने निर्णय गरेकोछ।

यसको संयोजन निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नुहुनेछ भने महोत्सवमा लाग्ने खर्चको ब्यवस्थापन समाजका सचिव एवं युवा ब्यवसायी शुरेष केसीले गर्नुहुनेछ।

महासचिव शर्माले दुबै संयोजकहरुले यसभन्दा पहिला पनि सामाजिक कार्यक्रमहरु सफलताको साथ संयोजन गरिसक्नुभएको छ भने भजन किर्तन महोत्सव पनि भव्यताको साथ सम्पन्न गर्नेमा अध्यक्ष दिपक सापकोटा लगायत सिंगो मिडलैन्डवासी नेपालीहरु विस्वस्त रहेको जानकारी गराएका छन। मिडलैन्डमा बसोबास गर्ने पहिलो पुस्ताका नेपालीहरु उमेरले करिब करिब पचासको आसपास रहेको कारण यस्ता धार्मिक कार्यमा रुची बढ्ने कारणले पनि महोत्सव भब्य हुनेमा कुनै शंका नरहेको शर्माको जिकिर थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?