Friday May 03, 2024

असल प्रहरी नेतृत्वमा रहेर काम गर्न पाउँदा उत्साह बढेको चितवनका प्रहरी कर्मचारी सुनाउदै

५ माघ, २०८० शीतलपाटीन्युज डटकम। 4504


असल प्रहरी नेतृत्वमा रहेर काम गर्न पाउँदा उत्साह बढेको चितवनका प्रहरी कर्मचारी सुनाउदै

सुरेश कोइराला,

चितवन।

भनिन्छ कर्म गर फलको आस नगर। फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्,फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कतव्र्य सम्झाउनु भएको थियो।आफ्नो कर्तव्य पालना गर्दा महाभारत युद्धमा पाण्डवको जीत भएको छ। आफ्नो कर्तव्य अनुसारको काम गर्दै गएपछि अवश्य सफल हुन्छ भन्ने अर्का उदाहरण हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्की। 

रामेश्वर कार्कीले चितवन प्रहरीको कमाण्ड सम्हालेदेखि धेरै परिवर्तनहरु देख्न पाइएको छ। सबै भन्दा पहिला आफू बस्ने कार्यालयको व्यवस्थापनमा उल्लेखनीय काम गर्नुभएको छ। प्रहरी कार्यालय परिसरभित्र दुर्गा मन्दिरको व्यवस्थापन एक महत्वपूर्ण कार्य हो। जिर्ण अवस्थामा रहेको जिप्रकाको पर्खाल भत्काएर निर्माण गरिएको छ। 

आफूले काम गरिहेको कार्यालयलाई मन्दिर र कामलाई पूजा ठान्नेहरुले नै परिवर्तनको विगुल फुक्ने गरेको पाइन्छ। यस्तै व्यक्तिहरु प्राय सफल पनि भएको पाइन्छ। बालबालिका र महिलालाई विषेश प्राथमिकतामा राखेर प्रहरी उपरिक्षक कार्कीले जिप्रका चितवनको कार्यालय परिसरमा स्तनपान कक्ष र बालमैत्री कक्ष निर्माणको काम सकाउनु भएको छ। जसका कारण स्तनपान गराउन गएका महिलाहरु सहजरुपमा आफ्नो नानीबाबुलाई स्तनपान गराउन पाउँछन् भने बालबालिकाहरु रमाइरहेको पाइन्छ।

कार्यालयभित्र गरिएका सुधाका अन्य कामहरुमा मेलमिलाप पार्कमा मोज्या टायल लगाइएको, बढी आवतजावत हुने स्थान पीच गरिएको, रेलिङ लगाएर कार्यालय परिसरलाई व्यवस्थित गर्ने काम अपराध अनुसन्धानका लागि अलगै भवन निर्माण आदी थुप्रै राम्रा कामको सूचीमा पर्छन्। हुन त एक जनाले गरेको कामबाट धेरै परिवर्तन नहोला तर सुरुवात एक जनाले गरेर मलेसिया, सिंगापुर लगायतका मुलुकहरु बनेका उदाहरण छन्।

कार्यालय परिसर भित्र नै वर्षामा पानी जम्ने समस्या थियो त्यसको लागि ढल बनाइनु,अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका सवारी साधन राख्नको लागि तारजालीको म्पाउन्ड लगाउनु, प्रवेशद्वारमा गेट निर्माण गर्नु र स्मार्ट कन्ट्र«ोलरुम र सिसीटिभीको लागि भवन निर्माण गर्नु पनि प्रहरी उपरिक्षक कार्कीले गर्नु भएका उदाहरणीय काम हुन्। 

जिल्लाको नेतृत्व सम्हालेर गएको १ वर्षमा कार्यालय बाहिर पनि थुप्रै राम्रा काम भएका छन्। जसमा बहुमूल्य गरगहनासहित ३ जनालाई नियन्त्रण गर्नु, १५ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित २ जनालाई नियन्त्रणमा लिनु, कर्तव्य गरी हत्या गर्ने १ जना,कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ, पटकपटक गरी ५ सय किलो बढी लागूऔषध गाँजा, ट्र«कसहित ३ जना व्यक्ति पक्राउ पर्नु, अपहरण गरेर ज्यान मार्ने धम्कि दिएर २५ लाख रकम फिरौति माग्ने व्यक्ति पक्राउ पर्नु र कर्तव्य गरी ज्यान मुद्दामा फरार रहेका व्यक्ति १९ वर्षपछि पक्राउ पर्नुले पनि प्रहरी उपरिक्षक कार्कीको सफलताको प्रतिकको रुपमा हेर्न सकिन्छ। 

सिंगो चितवन जिल्ला प्रहरीको नेतृत्व काँधमा बोकेर बसेका कार्की सहकर्मी र मातहतका कर्मचारीका पनि उत्तिकै प्रिय हुनुहन्छ। राम्रो मान्छेको नेतृत्वमा रहेर काम गर्न पाउँदा उत्साह बढ्ने गरेको मातहतका कर्मचारी सुनाउँछन्। निर्देशन गर्ने व्यक्तिको सोच र क्रियाकलापले नेतृत्वमा रहेकाहरुको व्यवहारमा परिवर्तन आउँछ। सबै नेतृत्व  गर्ने व्यक्तिले असल कामको लागि निर्देशन दिने भएको भए आज समाजको तस्बीर नै फरक हुने थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?