Monday May 06, 2024

बेलायतबासी पाल्पालीहरूद्वारा गायीका मुना मगरलाई भव्य सम्मान

१ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1210


बेलायतबासी पाल्पालीहरूद्वारा गायीका मुना मगरलाई भव्य सम्मान

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन।नेपाली मौलिक गीत,सङ्गीत,कला र संस्कृतिलाई देशविदेशमा संरक्षण र प्रबर्धन गर्दै पाल्पा जिल्लालाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी पाल्पाली गायीका मुना मगरको योगदानको उच्च कदर गर्दै पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले अल्डरसर्टस्थित द प्यालेस रेष्टुरेन्ट एण्ड बारमा भव्य स्वागत एवम् सम्मान गरेको समाचार छ । 

पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापा चिडीमगरको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा संस्थाका महासचिव डोलबहादुर सोमरे मगरले सञ्चालन गरेका थिए भने संस्थाका पेट्रोन बम थापा सूर्यवङ्शीमगरले कार्यक्रमको संयोजन गरेका थिए। 

सो अवसरमा पाल्पा जिल्ला समाज युकेका पूर्व अध्यक्षहरू रिखिराम राना र बाचस्पति रेग्मी,सल्लाहकारहरू क्याप्टेन हरिबहादुर थापा,क्याप्टेन विष्णु श्रेष्ठ र नेत्र थापालगायत बेलायतबासी पाल्पाली दाजुभाई, दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा चर्चित नायिका एवम् लोकदोहारी गायिका मुना मगरले विभिन्न बोलका गीत गाएर उपस्थित पाल्पालीहरुलाई छमछम नचाएकी थिइन्। 

सो कार्यक्रममा बेलायतभरि छरिएर रहेका पाल्पालीहरूबाट मुना मगरलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो। समाजका अध्यक्ष गोपाल थापा चिडीमगरको विशेष पहलमा मुना मगरलाई पौण्ड १५४० (लगभग नेपाली रूपैयाँ २ लाख ५५ हजार) को आर्थिक सहयोग र मायाको चिनो प्रदान गरियको थियो।

दिबा भोजको समेत भयको गायिका मुना मगरको सो कार्यक्रम मगरहरूको महान् चाड माघेसङ्क्रान्तिको अवसर पारेर मगर संघ युके युएचएसबी शाखाले मुना मगरलाई युकेमा निमन्त्रत्रणा गरेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?