Wednesday May 08, 2024

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूकेद्वारा नेपाली कलाकारहरुको बेलायतमा सम्मान

८ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1813


लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूकेद्वारा नेपाली कलाकारहरुको बेलायतमा सम्मान

शीतलपाटीन्युज डटकम।

लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले जनवादी गायक जीवन शर्मासहित बेलायत भ्रमणमा रहेका कलाकारहरुको सम्मान गरेको छ। सम्मानित कलाकारहरूमा जनवादी गायक जीवन शर्मा,लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष तथा गायिका पूर्णकला बिसी,महासचिव तथा गायक तथा सर्जक शिव हमाल,सचिव तथा गायिका देवी घर्तीमगर,उपत्यका समन्वय समितिका सदस्य तथा गायक राजेश बर्देवा,पर्वत जिल्ला समिति उपाध्यक्ष तथा गायक सुदीप क्षत्री,धादिङ जिल्ला कार्यसमिति महिला उपाध्यक्ष तथा गायिका बिन्दा परियार,गायक श्याम राना,गायिका रिना केसी, गायिका नानु (सीमा) गुरूङ र पूर्णिमा सेन ठकुरी लगायत सम्मानित भयका थिए। 

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्ष लक्ष्मण राना लगायतले कलाकारहरुलाई मायाको चिनो,प्रमाणपत्र,खादा, मालाले सम्मान गरेका थिए। 

अल्डरसटस्थित दि लाउन्ज कक्टेलबारमा एक कार्यक्रमबीच एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको हो। निमन्त्रणालाई स्वीकार गरी व्यस्तताको बाबजुद सबै कलाकारहरू उपस्थिति भई कार्यक्रम सफल पारिदिएको भन्दै अध्यक्ष रानाले धन्यवाद दिएका थिए।

कार्यक्रममा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका निवर्तमान अध्यक्ष टंक शेरचन,मनसुधन थापा, गणेश गुरुङ,तुलसी राना,एनआरएनए युकेको नवनिर्वाचित आईसीसी सदस्य भक्त दर्जी,बागलुङ समाज यूकेका निवर्तमान अध्यक्ष छविमाया पुन, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,बाँसुरी बादक दिनेश गुरुङलगायत सहभागी थिए । 

कार्यक्रम लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युकेका सचिव रत्न शाहीले सञ्चालन गरेका थिए।कलाकारहरु जीवन शर्मा, पूर्णकलाका बिसी,शिव हमाल लगायतले बिदेशमा पनि सम्मान पाउदा खुसी लागेको र बेलायतमा लोक तथा दोहोरी प्रतिष्ठानलाई धन्यबाद मन्तव्य दिएका थिए।

(गोर्खा मिडीया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?