Saturday April 27, 2024

प्रमुख अतिथी मेयर रेनु दाहाल रहेको एनआरएनए यूकेको ११४औ अन्तर्राष्ट्रिय नारी दिवस

२८ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1155


प्रमुख अतिथी मेयर रेनु दाहाल  रहेको एनआरएनए यूकेको ११४औ अन्तर्राष्ट्रिय नारी दिवस

शीतलपाटीन्युज डटकम।
लन्डन। गैरआवासीय नेपाली संघ यूकेले एक विशेष कार्यक्रमसहित ११४ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ।अल्डरसटस्थित एम्पायर हलमा मंगलबार साँझ आयोजित नारी दिबस कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रमुख अतिथि थिइन्।


एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुड्गको अध्यक्षतामा भयको ११४ औ नारी दिबस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नेपाली समाजमा पनि महिलामाथि विगतमा जस्तो भेदभाव नरहेको र महिलाहरु सशक्त रुपमा अगाडि बढ्दै गएको बताइन्। उनले आफ्नो महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने घोषणा गरेको जनाउंदै बेलायतवासी नेपालीलाई भरतपुर घुम्न आउन अनुरोध गरिन्।उनको यो मेयर पद दोश्रो कार्यकाल हो।


११४ औ अन्तराष्ट्रीय नारी दिबस कार्यक्रममा विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल रहनु भयको थियो भने एनआरएनए आइसीसी पूर्व अध्यक्ष कुल आचार्य,उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए यूके महिला संयोजक रेजिना गुरुङ,एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष शम्भुप्रसाद अर्याल लगायतले विश्वभरका नारीहरूप्रति शुभकामना दिएका मन्तव्य राखेका थिए।सोही दिन एनआरएन युके १९ बर्ष पुगेको अवसरमा केक काटेर एनआरएनए यूके स्थापनाको १९ औं वार्षिकोत्सव पनि मनाइएको थियो।


११४ औ अन्तराष्ट्रीय नारी दिबस महासचिव गोविन्द खरेलले संचालन गरेका थिए भने संघका गतिविधि र भावी कार्यक्रमबारे संक्षिप्त रुपमा अवगत गराएका थिए। खरेलले  महिलाहरूको उपलब्धि उजागर मात्र होइन्, यूके नेपाली डायस्पोरामा एकता र सशक्तिकरणलाई बढावा दिने काम गरेको पनि बताएका थिए। छोटो समयको निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भइदिएकामा मेयर दाहाल,उपनियोग प्रमुख खनालसहित सबैप्रति एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङले आभार व्यक्त गरेका थिए।


कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष सपना खनियाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा एनआरएनए युरोप महिला संयोजक प्रसुना कँडेल,एनआरएनए आइसीसी सह–कोषाध्यक्ष अमृता थापा (कञ्चन) लगायतले संबोधन गरेको र सहभागिता भब्य रहेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?