Wednesday June 18, 2025

जी आर यन सी ले नेपाली नयाँ वर्ष २०८१  मनाउँदै

१ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1577


जी आर यन सी ले नेपाली नयाँ वर्ष २०८१  मनाउँदै

शीतलपाटीन्युज डटकम।

अलडरसट,लण्डन। ग्रेटर रशमूर नेपाली कम्मुनिटीले आगामी शुक्रबार  १२ अप्रिल २०२४ मा साँझ ५ बजेर ३० मिनेट देखि कार्यक्रम तर्जुमा गरेको छ। उक्त कार्यक्रमको लागि नेपाल देखि ख्याती प्राप्त कलाकारहरु निमंत्रणा गरिएको छ भने विभिन्न बिशिस्ट व्यक्तित्वहरु निमंत्रणा गरिंदै रहेको कुरा जी आर यन सी का अध्यछ्य मन गुरुङले बताउनु भयको छ। 

औपचारिक कार्यक्रम,बाल नानीहरुको नेपाली गान, नेपाली संस्कृतिक गितमा नाच,धेरै अतिथि कलाकारहरुबाट गित तथा नाच,स्वदिस्ट धेरै प्रकारका खानहरु हुने छन् । 

कार्यक्रम संयोजक उपध्यक्ष्य डा बिशाल गुरुङज्युले यसपालिको कार्यक्रम अति बिशिस्ट हुनेमा ढुक्क छौ भन्नु भयको छ। चिनारी म्यागाजीनको दोस्रो संस्करणको पनि संयोजक गुरुङले नै गरिरहेको र धेरै अघि बढेको बताउनु हुन्छ। 

कार्यक्रमको टिकेट सुलभ राखिएको अध्यक्ष्य मन गुरुङ बताउनु हुन्छ। बृध्द र युवाको लागि केहि कम गरिने र १२ वर्ष भन्दा तलको लागि निसुल्क गरिने  कुरा अध्यक्ष्य गुरुङ बताउनु हुन्छ।.सम्पूर्णलाई कार्यक्रममा आइ दिनु हुन गुरुङले अनुरोध गर्नु भयको छ। गत वर्ष देखि नै तयारी गरेकोले अहिले सम्मको यो नै बिशिस्ट कार्यक्रम हुनेमा गुरुङ ढुक्क हुनुहुन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?