Friday May 03, 2024

घुम्ती सेवा दिएकोमा सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्षलाई दिए धन्यवाद

७ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 2164


घुम्ती सेवा दिएकोमा सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्षलाई दिए धन्यवाद

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए । 

सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो। 

सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने करिब २०० भन्दा बढी सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो। 

यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो

नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?