Saturday April 27, 2024

लण्डनका अभियन्ता बरालको सफलता, नेपालको SEE परीक्षाको प्रश्नपत्रमा नाम उल्लेख

१५ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1131


लण्डनका अभियन्ता बरालको सफलता, नेपालको SEE परीक्षाको प्रश्नपत्रमा नाम उल्लेख

बाचस्पति रेग्मी,
“झुक्छन बृक्षहरु फुल फलले भारी हुदामा अती”
झुक्छन सज्जन पाई मान मनमा सेखी नराखी रती”

लण्डन। ७,८ बर्ष अगाडीको कुरा हो,फेसबुक हेदै थिए, अचानक मैले  “मम एण्ड रोटी”शिर्षकको नेपाली रेष्टुरेन्टको समाचार पढ्ने मौका पाए। म त्यो रेष्टुरेन्ट नपुगे पनि,रेष्टुरेन्ट संचालक बिनोद बराललाई नचिने पनि त्यो समाचारबाट प्रभावित भै नेपालको खाना प्रचार गरेर नेपालको पर्यटन प्रचार हुने बिश्वास लिदै समाचार लेखेको थिए।

आज तिनै बराल नेपाली खाना र ममको बिश्वब्यापी प्रचारमा लागेर नेपालको नाम अगाडी ल्याएका छन।Let's promote our natural products to make Nepal Global Tourism Brand भन्दै लागेका बराल Mouth Watering Food,ट्वाक्क जिब्रो र More than a Chef को नामले प्रख्यात छन। पोखरामा जन्मेका बराल Eat Local think Global भनेर नेपालको प्रचार गरेका छन भने ७०औ एभरेष्ट म्याराथन २०२३ का “Goodwill Ambassador“ ले सम्मानित ब्यक्ति हुन।

नेपालको पर्यटन बिकासमा बरालले दिएको निस्वार्थ सेवालाई शीतलपाटीन्युजले प्रोत्साहन दिदै उनको सीपको प्रचार गर्दै आएकोमा आज बिनोद बराल कै फेसबुकमा यो तल उल्लेखीत स्टाटस देख्न पाउदा शीतलपाटीन्युज परिवार बिनोद बराललाई बधाई छ भन्न चाहान्छ। बरालको यो परिचय पाउन शीतलपाटीन्युजको पनि महत्वपुर्ण रोल रहेको महसुस गरेको छ।

बरालले लेखेको स्टाटस -
I'm excited and thrilled  that I've been featured in the Secondary Education Examination (SEE, formerly known as SLC), Compulsory English question paper of Lumbini Pradesh. लुम्बिनी प्रदेशको SEE को अनिवार्य अङ्ग्रेजीको प्रश्न पत्रमा मेरो बारेमा उल्लेख रहेछ। म दङ्ग परे र मलाई यहाँसम्म ल्याइपुर्‍याउने सबैलाई मनमनै साधुवाद दिए। तपाईँ सबैको जय होस्।

प्रश्नपत्र-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?