४ भाद्र, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली कोआपरेटिव इन्भेस्टमेंटले आफना सदस्यहरुलाई हरेक बर्ष गर्दै आई रहेको समर भेला गराई खान पनिका साथै मनोरन्जन गर्नुका साथै एक सभ्य कार्यक्रम संपन्न गर्यो ।
उक्त कार्यक्रमको संचालन नेपाली कोआपरेटिव इन्भेस्टमेंटका सचिव डा. मुकुन्द बास्तोलाले गर्नु भएको थियो भने अध्यक्ष मोहन गुरुङ्गले नेपाली कोआपरेटिव इन्भेस्टमेंटको गतिबिधि बारे प्रकाश पार्नु भएको थियो I
नेपाली कोआपरेटिव इन्भेस्टमेंटका कोषाध्यक्ष चार्टड एकाउंटेंट एल एन पाण्डेले आर्थिक गतिबिधि,बिभिन्न लगानीको अवस्था, आगामी झापामा हुन गै रहेको अर्को सोलार परियोजनाको बारे संभाब्यता बारेमा प्रकाश पार्दै नेपाली कोआपरेटिव इन्भेस्टमेंट यस बर्ष पनि नाफामा रहेको बताउनु भयो। नेपाली कोआपरेटिव इन्भेस्टमेंटका कोषाध्यक्ष चार्टड एकाउंटेंट एल एन पाण्डेले आउदो साधारण सभा पछि लाभांश बाडिने जानकारी दिनु भयो I
कार्यक्रममा नेपाली कोआपरेटिव इन्भेस्टमेंटका सदस्य जीत रानाभाट रोयल बोरो ऑफ़ ग्रीनविचको उपमेयर निर्बाचित हुनु भएकोमा साथै कार्यकारी सदस्य तिलक भट्टराई एनआरएनएका सचिबमा,सदस्य माधब लाल श्रेष्ठ पासा पुच: गूठी साउथ ईस्टका अध्यक्षमा,पासा पुच: गूठी युकेको अध्यक्षमा कार्यकारी सदस्य सुशील प्रजापति, सोसाइटी ऑफ़ नेपाली इंजीनियर युकेमा अध्यक्ष रूद्र कोइराला र नेपालका राष्ट्रपतिबाट पशुपति भण्डारी भर्खर मात्र पर्यटन क्षेत्रमा बिशेष योगदान गरी सम्मान प्राप्त गर्नु भएकोमा सबैलाई बधाई ज्ञापन गरियोI
सो अबसरमा कार्यक्रमलाई बरिष्ठ नागरिक बिष्णु भंण्डारी तथा ब्यबसायी कमल भंडारीले शुभकामना दिनु भयको थियो I