Saturday December 02, 2023

शशांक शर्मा युरोप उपसंयोजकको उम्मेदवार बन्दै

५ भाद्र, २०८० शीतलपाटीन्युज डटकम 1443


शशांक शर्मा युरोप उपसंयोजकको उम्मेदवार बन्दै

शीतलपाटीन्युज डटकम।

बेलायत। गैरआवासीय नेपाली संघको अभियानमा चिरपरिचित नाम हो शशांक शर्मा। नेपाल र बेलायत गरी दर्जनौ संघ संस्थामा काम गरी अनुभव बटुलेका शर्माले २३-२५ कार्यकालको लागी युरोप उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको कुरा हाम्रा संवाददाता संग बताए।

शशांक शर्माले गैरआवासीय नेपाली संघ बेलायतमा निर्वाचित सहकोषाअध्यक्ष र प्रवक्ता भै २१-२३ को कार्यसमितिमा काम गरिसकेकाछन। एक कुशल वक्ता,सामाजिक काममा खटिरहने र पाएक़ो जिम्मेवारी सजिलै पुरा गर्ने शर्मा गैरआवासीय नेपाली संघ इङगलैन्ड १९-२१ को कार्यसमितिको उपाअध्यक्षमा झिनो मतले उपबिजेता बनेका थिए।

समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्माले बिदेश स्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसियसनको सचिव,क्याट युकेको सचिव,चितवन जिल्ला समाज युकेको उपाअध्यक्ष,विस्व हिन्दु युबा संघ नेपालको केन्द्रिय सदस्य एवं युरोप संयोजक भएर कुशलतापुर्वक जिम्मेवारी पुरा गरिसकेकाछन। शर्मा हाल बेलायत स्थित साझा नेपाली समाजको महासचिवमा कार्यरत रहेका छन।

गैरआवासीय नेपाली संघ बेलायतको २३-२५ कार्यकालको लागी शशांक शर्मालाई सर्वसम्मत महासचिव बनाउने प्रयास नभएको हैन।तर शर्माले यो कार्यकालमा युरोप उपसंयोजक मा रहेर काम गर्ने मनसाय बनाएको कारण बेलायतको सर्वसम्मत महासचिव बन्ने प्रस्तावमा कुनै रुचि देखाएनन।

युरोप भरि आफु परिचित रहेको र चुनाव सजिलै जित्न सक्ने प्रयाप्त आधार रहेको बताउने शर्माले आफुले काम गरेका हरेक ठाँऊहरुमा बिधी,बिधान र प्रक्रिया लाई बलियो बनाएर छाडेको,आफु पसेको संस्थामा बिधि बिधान नमान्ने ब्यक्तिबादी हुल्लडबाज लाई निस्तेज पारेको र यि कुराहरु आगामी दिनमा पनि निरन्तर राख्ने र संस्थालाई लक्ष्यमुखी बनाउनको लागी युरोप उपसंयोजक हुदै के्द्रिय यात्रामा रहेको शर्माले हाम्रा संवादातालाई बताउनु भयो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?