१२ भाद्र, २०८०
शीतलपाटीन्युज डटकम।
रेडिंग नेपाली समाजले गत सन् २००६ साल देखी आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष १६औ रेडिंग कपको रुपमा आऊंदो सेप्टेम्बर २ मा पाल्मर पार्क रेडिंगमा आयोजना गर्दैछ। तत्कालिन समाजका अध्यक्ष महेश गुरुंगको नेतृत्वमा बर्तमान ऊपाध्यक्ष प्रेम गुरुंगको परिकल्पना तथा तत्कालिन निबर्तमान अध्यक्ष द्वय अर्जुन बस्नेत र सिबी गुरुंग लगायत तत्कालीन कार्यसमिती र सल्लाहाकारज्युहरुको सक्रिय अगुवाईमा शुरु गरिएको यो टुर्नामेन्ट आजसम्म निरन्तर रेडिंग नेपाली समाजको एऊटा गौरबमय महत्वपुर्ण कार्यक्रमको रुपमा मनाऊंदै आईएको आएको छ।
यसै गरी पुर्ब अध्यक्षहरु कृतीबिलास पन्त,मान गुरुंग,कृष्ण न्यौपाने र टेक गुरुंगको कार्यकालमा पनि सम्पुर्ण बेलायतबासी र बिशेष गरी रेडिंगबासीहरुको सहयोगबाट यो एऊटा नेपाली मेला, फूटबल खेलाडिहरुलाई प्रोत्साहन,व्यापार व्यवसायको प्रवर्धन,नेपाल र नेपालीलाई माया गर्नुहुनेहरुको भेला, नेपाली खाना तथा नेपाली सांस्कृतिक भेष-भूषा र नाच गानको प्रदर्शनको रुपमा हरेक साल सफलतापुर्बक सम्पन्न हुंदै आएको छ। यस वर्ष पनि रेडिङ नेपाली समाजले "16th Reading Cup Football Tournament " आऊंदो September 02 शनिबारको दिन सम्पन्न गर्न समाजले कार्यसमितीका हरेक सदस्यहरुबाटै प्रतिबद्दताको शुरुवात गरि आम सर्बसाधारण समक्ष आआफ्नो स्वबिबेकले सहयोग गर्नको समाजका अध्यक्ष्य भिमसेन खड्काले सबैमा अनुरोध गर्नु भएको छ ।
रेडिंग कप फुटबललाई भब्य र सभ्य रुपमा संपन्न गर्न ब्यापक तैयारी भैरहेको छ। यस बर्षका बिशेष आकर्षणहरुमा पन्चेबाजा, बिबिक्यु लगायत बिभिन्न परिकारहरु,नाच-गान,भाग्योदय चिठ्ठा लगायत निशुल्क श्वास्थ्य जांच पनी रहेको बताईएको छ।
यस बर्षको सोह्रौ रेडिंग कप फुटबलका संयोजक समाजका ऊपाध्यक्ष समेत रहेका प्रेम गुरुंग २००६ सालमा स्थापित रेडिंग कप फुटबलका एक जना परिकल्पना कार समेत हुनुहुन्छ,ऊहांका अनुसार पिचहरुको संख्या सिमित भएकाले यस पाली थुप्रै आंकाक्षी टिमहरु समाबेश गर्न नसकिए पनी जम्मा ३२ वटा फुटबल टिमहरु समाबेश गर्न सकिएको छ।
यसै बिच समाजले हालै आब्हान गरेको सर्बपक्षिय आम बैठक तथा पत्रकार सम्मेलनमा टुर्नामेन्टमा सहभागिता जनाऊने टिमहरुलाई गोलाप्रथाबाट बिभिन्न समुहमा बिभाजीत गरी जुमलिंक मार्फत प्रतक्ष्य प्रसारण पनी गरिएको थियो जस् अनुसार Youth तर्फ चार ग्रुप र भेटरान तथा सुपर भेटरानलाई २/२ ग्रुपमा बिभाजन गरिएको छ। प्रमुख बिजेता टिमको लागी यस बर्षको नगद पुरस्कार गत बर्षको भन्दा £४२३ बढाएर £२०२३ पुर्याईएको छ। यसै गरी भेटनर र सुपर भेटनर गरी बिजेता तथा ऊपबिजेता सबैलाई ट्रफी,प्रमाणपत्र र नगद पुरस्कारको पनी ब्यबस्था गरिएको छ। नेपाली पन्चेबाजा , नेपाली परिकारका बिभिन्न खानेकुराहरु सेलरोटी मोमो लगायत नाचगान र खेलकुदको संयोजन यो एऊटा नेपाली मेलाको रुपमा मनाऊंदै आईएको छ । सोह्रौ रेडिंग कप सफल पार्न रेडिंग नेपाली समाज बेलायत स्थित संपुर्ण समाजसेबी ब्यबसायीक ब्यक्तित्व खेल प्रेमी तथा आम सर्बसाधारणमा आआफ्नो ठाऊंबाट सहयोग गर्नुहुन समाज का अध्यक्ष भीमसेन खड्काले संबन्धित सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।
रेडिंग कप फुटबलको ऊद्घाटन बिहान ९ बजे स्थानिय रेडिंग बरो काऊन्सीलका काऊन्सिलरबाट गरिने तथा समापन समारोहमा बेलायत स्थित संपूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको साथ मा बेलायतका लागी नेपाली राजदूत महामहिम ज्ञान चन्द्र आचार्य को बाहुलीबाट बिजेता टिमहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिने जानकारी समाज का महासचिव ओमकार अधिकारी ले सितलपाटी डटकमलाई गराऊनु भयो । रेडिंग नेपाली समाज द्वारा आयोजित रेडिंग कप संबन्धित सम्पूर्ण जानकारी समाज को आधिकारिक वेबसाईट www.grnca.org मार्फत लिन सकिने कुरा महासचिव ओमकार अधिकारीले जनाउनु भयको छ।