Friday May 03, 2024

न्यू लक्ष्मी ज्वेलर्सको तीज सेल्फी प्रतियोगितामा पाल्पाली मीना राना प्रथम भै छड्के तिलहरीद्वारा सम्मानित

१४ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 2035


न्यू लक्ष्मी ज्वेलर्सको तीज सेल्फी प्रतियोगितामा पाल्पाली मीना राना प्रथम भै छड्के तिलहरीद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम।

लन्डन। न्यू लक्ष्मी ज्वेलर्सले आयोजना गरेको तीज सेल्फी प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सले हालै नतिजा सार्वजनिक गरेकाे हो। 

प्रतियोगितामा मीना राना प्रथम भएकी छन। उनले सर्वाधिक ९ हजार ६ सय २७ अंक प्राप्त गर्दै प्रथम  सफल भएकी छन भने वसन्त आले ३ हजार ८८ अंक पाप्त गरी दोस्रो र गीता जिमी २ हजार ९ सय ६ अंक प्राप्त गरेर तेस्रो भएकी छिन। 

प्रथम हुने सेल्फी विजेता मीना रानालाई छड्के तिलहरी, दोस्रो हुने बसन्त आलेलाई माहिली तिलहरी र तेस्रो हुने गीता जीमीलाई कान्छी तिलहरी पुरस्कार प्रदान गर्ने घोषणा गरीएको थियोयो।

गत ४ सेप्टम्बर देखि १५ सेप्टम्बरसम्म प्रतियोगितामा ४३ सहभागीहरूले भाग लिएका थिए। विश्वका जुनसुकै कुनामा बसोबास गर्ने न्यू लक्ष्मी ज्वेलर्सका शुभचिन्तकहरुले प्रतियोगितामा भाग लिएका थिए।

प्रतियोगीले सेल्फी फोटो नेपाली संस्कृति र परम्परागत ड्रेसमा गरगहना पहिरिएको पठाउनुपर्ने प्राबधान थियो। न्यू लक्ष्मी ज्वेलर्सको भाइवर,ह्वाटएप,म्यासेन्जर वा इन्स्ट्राग्राममा प्रतियोगीतामा भाग लिने फोटो पठाउन सकिने व्यवस्था मिलाइएको थियो।

फेसबुक,टिकटक,इन्स्ट्राग्राममा लाइक,कमेन्ट,सेयरको आधारमा विजेताको घोषणा गरिएको कुरा लक्ष्मी ज्वेलर्सकी सञ्जालक लक्ष्मी राईले बता उनु भयको छ।

राईले सहभागी सम्पूर्ण प्रतियोगीमा धन्यवाद दिदै सधैँभरि लक्ष्मी ज्वेलर्सलाई माया गरिदिन पनि आग्रह गर्दै विजयी नभए पनि चित्त नदुखाउन आग्रह गर्दै कुनै न कुनै तबरबाट न्यु लछ्मी ज्वलर्सले मायाको चिनो उपलब्ध गराउने प्रतिबद्धता समेत जना उनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?