Thursday May 02, 2024

पुर्वधावक लामा बेलायतमा सम्मानित

८ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1478


पुर्वधावक लामा बेलायतमा सम्मानित

शीतलपाटीन्युज डटकम।

पूर्वधावक तथा गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन्। नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अल्डरसटमा इलाम समाज बेलायतले सम्मान गरेको हो। समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) सहित प्रशंसापत्र प्रदान गरेका थिए। धावक लामा गायक पनि हुन्। 

अल्डरसटमा लामाकै नाममा भएको बुद्धवीर लामा गीतिमय साँझबाट संकलित रकममध्ये बचेको रकम सम्मानस्वरुप प्रदान गरिएको हो।लामाले सम्मानवापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथलय, वृद्धाश्रम र अपाङ केन्द्रलाई सहयोग गर्ने बताए।यसअघि उनले जुम्लाका धावकलाई टीसर्ट र खेल सामग्री सहयोग गरेका थिए।

लामाले ताइवान र जापानमा सम्पन्न एसियाली भेट्रान्स एथलेटिक्स च्याम्पियनसिपको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए। बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो। १० औँ संस्करण अमेरिकामा भएको थियो भने बाँकी नेपालमै भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?