Saturday April 27, 2024

बेलायतमा महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो

२१ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1542


बेलायतमा महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो

-कोमल मल्ल

लन्डन ६ नोभेम्बर,

बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके. द्वारा ११४औं महाकवि देवकोटा जयन्ती ,प्रवचन,कविता वाचन,गीतसङ्गीत प्रस्तुति र पुरस्कार सम्मानलगायतका कार्यक्रमहरू गरी  भव्यरूपमा मनाइयो।पश्चिम लन्डन एकटन स्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अथितिको आसनबाट समारोहलाई सम्वोधन गर्नुहुँदै परिषद्का पदेन संरक्षक महामहिम नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली साहित्यमा नयाँनयाँ शव्दको उत्पति र छन्द निर्माण महाकविले गरेको चर्चा गर्नु भयो। राजदूत आचार्यले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्याउने काम महाकविले गरे जुन हाम्रा लागि गर्वको इतिहास हो भन्नु भयो। राष्ट्रको अभिमान बढाउन लागिपरेका व्यक्क्तित्वहरूलाई यसरी पुरस्कार सम्मान गरेर परिषद्ले राष्ट्रीय भावना र कीर्तित्वलाई प्रोत्साहन पु-याएको  उल्लेख गर्नुहुँदै   साहित्य तथा सङ्गीत र प्रवचनको मिश्रण रहेको आजको देवकोटा जन्मजयन्ती कार्यक्रमले भावि पुस्तालाई समेत प्रेरणा पुर्याउने कुराको चर्चा गर्नु भयो।

समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा.राघवप्रसाद धिताल ओबिईले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्यनिधि हुन् जस्ले भाषा साहित्यिको शिखर उच्च मात्र पारेनन् शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए भन्नुभयो। डा. धितालले बेलायतमा नेपाली भाषा साहित्य कलाजस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नुभयो।

परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले महाकवि देवकोटाको कारणले नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मक रूपमा अरू ठूला देशहरू माझ गनिने गरेको छ भन्नुहुँदै महाकवि देवकटा बेलायतका सेक्सपियर्स र मिल्टन लगायतका विश्वका अतिविशिष्ट सिमित साहित्यकारहरू मध्य एक थिए भन्नु भयो। पुरस्कार र पुरस्कृत व्यक्तित्वहरू बारे प्रकाश पार्नु हुँदै परिषद्का संस्थापक वरिष्ठ साहित्यकार शाहले राष्ट्रको सुरक्षा बोकेका सैनिक व्यक्तित्व नेपाली राजदूतावास बेलायतमा कुट्नितिक सेवामा आएको बेलामा पनि नेपाली भाषा साहित्यको समृद्धिमा परिषद्का साहित्यिक कार्यक्रमहरूमा निरन्तर सहभागिता राखेर राष्ट्रीय एकता र नेपाली पहिचानको भावना फैलाउन प्रोत्साहन पुयाउनु हुने बृगेडियर जनरल रत्न बहादुर गोदार र नेपालको चलचित्र क्षेत्रमा विगत चार दशक देखि अविछिन्न अभिनय कलाद्वारा योगदान पु-याउनु भएका  वरिष्ठ   कलाकार  लक्ष्मणबिक्रम वस्नेतलाई  पुरस्कार सम्मानले अभिनन्दन गरिएको चर्चा गर्नुभयो।             

सभापतिको आसनबाट वोल्नु हुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् युकेले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानुजयन्ती,महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरू तिब्रगतिले अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो । अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरेर उभिन सकेको चर्चा गर्नु भयो।

यस अघि स्वागत मन्तव्य राख्नु हुँदैपरिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष  कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाहगर्दैआएको चर्चा गर्नुभयो।वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो।

 समारोहको आरम्भ गर्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेणा र उर्जा मिल्ने गरेको चर्चा गर्नु भएको थियो। समारोहमा प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सहायक रथी रत्नबहादुर गोदार र वरिष्ठ चलचित्र कलाकार लक्ष्मणसिंह वस्नेतलाई एनएलडिसी विशिष्ट सम्मान-पत्र पुरस्कारद्वारा सम्मानित गर्नुभयो।  

राष्ट्रीय गान,महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषदका पूर्व अध्यक्ष स्वर्गीय ईश्वर मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको हालै निधन भएकोमा एक मिनेट मौन धारण गरी श्रद्धान्जली व्यक्त गरिएको थियो भने नेपालमा गएको भूकम्पमा परि धनजनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै समवेदना प्रकट गरिएको थियो।

समारोहमा सारङ्गी र गिटारमा मङ्गल धुन तथा महाकविका रचानामा धुन र गीतहरू परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा र परिषद्का कोषाध्यक्ष कलाकार  तथा कवि मनोज अन्जानबाट प्रस्तुत गरिएका थिए भने  महाकवि देवकोटाका कविताहरूको वाचन परिषद्का पूर्व अध्यक्ष कवि खगेन्द्र नेपाली र परिषद्का सल्लाहकार कवि कृष्ण भट्टबाट गरिएका थिए। 

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कविता वाचन गर्ने कविहरूमा हरिसिंहथापा,ध्रुव केसी,मदन थापा,मनोज अन्जान,कृष्ण भट्ट, कोमल मल्ल र सुरेशजङ्ग शाह हुनुहुन्थ्यो।सहभागिता र सहयोगका लागि आभार प्रकट गर्नुहुँदै समारोहका सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल OBE,डा.जनककुमारी धिताल,सल्लाहकार खगेन्द्र  नेपाली,बहादुर थापा,एबीआई  कलेजका  प्रोप्राइट कृष्ण भट्ट,पूर्व अध्यक्ष हरिसिंह थापा,घन बहादुर थापा,वरिष्ठ सहअध्यक्ष ध्रुब केसी,मदन थापा,कोषाध्यक्ष मनोज अन्जान,पूर्व  कार्यकारिणी  सदस्य ज्ञानेन्द्र राउत,  महासचिव वीरेन्द्र कुँवर,इन्दिरा कुँवर,पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्लमा  धन्यवाद ज्ञापनगर्नु भयको थियो।

 

(Kind Regards

Komal Malla

कोमल श्रेष्ठ मल्ल

अध्यक्ष

नेपाली साहित्य विकास परिषद् यूके,स्थापित: २०५१,लन्डन

१३औं कार्यसमिति २०२२-२०२४)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?