Sunday April 28, 2024

ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउदै

२३ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1632


ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउदै

शीतलपाटीन्युज डटकम।

ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउने भयको छ। आगामी शनिबार ११ नोभेम्बर २०२३ मा बिहान १० : ३० बजे देखि रेमम्बरेन्स डे (पुर्खा दिवस) मनौन्दै छौ भन्ने जानकारी अध्यक्ष्य मन गुरुङले दिनु भयको छ। 

बिहान १०:३० बजे प्रिन्सेस गार्डन सर्जरीमा जम्मा भै मार्च पास गरि अगाडी बडी भीसीको मुर्ति अगाडी लाम लाग्ने छ। पण्डित पवन दाहाल र लामा गुरु खेन्पो कर्मा चुस्त्रिमले अस्ट मंगलम मन्त्र पढी आत्मा शान्ति गर्ने छ भने रिथ (माल्यापर्ण) चडाईने छ। 

उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य र बिशेष अतिथिहरु रुश्मोर बोरो काउन्सिलको मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड छन्।

नेपाली कम्मुनिटीको लिडर तथा काउन्सिलर र पार्टीको प्रतिनिधिहरु रहने छन्। कार्यक्रमको संयोजक रि क्या ग्यारी घले रहनु भएको छ भने उपाध्यक्ष उत्तर बहादुर गुरुङ,रि मेजर खिम गौचन र कार्यबाहक महासचिब सुशिला थापा मगरले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने भएको छ।  

रेमम्बरेन्स डे समेत गरेर ग्रेटर रसमोर नेपाली कम्युनिटीले यो वर्ष तिनवटा बिशाल कार्यक्रम सम्पन्न गर्दै छ। साथै आइतबार मुनि सिपाल गार्डेन, रोयल आर्मी चर्च,नर्थ क्याम्प लगायतका ठाउँमा बिभीन्न कार्यक्रमहरु हुँदैछ र इच्छुकहरु समाबेश हुन सक्नु हुनेछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?