Thursday March 20, 2025

स्याङ्जा समाज युकेको ३ डिसेम्बरमा महाअधिबेसन,वरिष्ठ सल्लाहकार डेविड गुरुङको संयोजकत्वमा निर्वाचन

२४ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1551


स्याङ्जा समाज युकेको ३ डिसेम्बरमा महाअधिबेसन,वरिष्ठ सल्लाहकार डेविड गुरुङको संयोजकत्वमा निर्वाचन

शीतलपाटीन्युज डटकम।

लन्डन। स्याङ्जा समाज युकेको दोस्रो कार्यसमिती लागि आगामी डिसेम्बर ३ तारिखमा महा अधिबेसन आब्हान भएको छ। अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो। बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ। 

समाजका वरिष्ठ सल्लाहकार डेविड गुरुङको संयोजकत्वमा गोमा राना, इन्द्र क्षत्री,पार्वती गुरुङ र गिर गुरुङ सदस्य रहेको निर्वाचन समिती गठन गरेको छ। स्याङ्जा समाज युकेले स्थापनाकाल देखि छोटो अवधिमै विभिन्न कार्यहरु - एक आपसी सहयोगमा समाजको उत्थानको लागि गरेको छ। नेपालमा आफ्नो जिल्लाको विकासमा सहयोग, कोभिडक‍ो विषम परिस्थितिमा सहयोग,स्याङ्जाका जिल्लावासीहरूलाई मोतीबिन्दु अपरेसनमा सहयोग लगायत अन्य आपतकालमा सहयोग गर्दै आइरहेको छ । 

अध्यक्ष गुरुङ र महासचिव डा. बलराम ढकाल लगायत कार्यसमितिले अधिवेशनको दिन ३ डिसेम्बर २०२३ मा स्याङ्जा जिल्लावासी दाजुभाइ,दिदीबहिनी सम्पूर्णलाई ठमेल रेस्टुरेन्ट अल्डरसटमा उपस्थितिको लागि निमन्त्रणा गरिएको छ। 

साथै महाधिवेशन सफल पार्न समेत आह्वान गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष समेत रहेकी गोमा रानाले जानकारी दिनु भयको छ। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?