Saturday May 04, 2024

स्याङ्जा समाज युकेको दोस्रो अधिवेशनले अध्यक्षमा भरत गुरुङ निर्बिरोध

१८ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1435


स्याङ्जा समाज युकेको दोस्रो अधिवेशनले अध्यक्षमा भरत गुरुङ निर्बिरोध

शीतलपाटीन्युज डटकम।

लण्डन। स्याङ्जा समाज युकेको दोस्रो महाधिवेशन आज ३ डिसेम्बरमा अल्डरसटको ठमेल रेस्टुरेन्टमा सम्पन्न भएको छ। स्याङ्जा समाज युकेले स्थापना काल देखि छोटो अवधि मै विभिन्न कार्यहरु गरी एक आपसी सहयोगमा समाजको उत्थानको लागि आफ्नो जिल्लाको विकासमा सहयोग,कोविडक‍ो विषम परिस्थितिमा सहयोग,स्याङ्जा जिल्लाबासीलाइ मोतीबिन्दु अपरेसनमा सहयोग लगायत आपतकालीन सहयोग गर्दै आइरहेको छ। 

संस्थाका अध्यक्ष सारदा गुरुङ पित्री शोकमा  नेपालमा भएकोले कार्यवाहक अध्यक्ष भरत गुरुङ्को अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको थियो। महासचिब डा बलराम ढकालले उदघोषण गर्दै शुरु भयको सो कार्यक्रम उपाध्यक्ष भरत गुरुङको अध्यक्षतामा सन्चालन भयको थियो।एक मिनेट मौनधारण गरी शुरु भयको सो कार्यक्रममा उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तब्य राख्नु भयको थियो।

सस्थाका संरक्षक थर्क सेन,मे.कुमार गुरुङ,मगरसंघको निबर्तमान अध्यक्ष ले रि सुनिल राना,आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) युकेकी अध्यक्ष गोमा राना र सोपाल समाजका अध्यक्ष श्रीप्रसाद गुरुङ्ले पानसमा बत्ती प्रज्वलन गरी सो अधिबेशन शुरु भयको थियो।

स्याङ्जा समाजका प्रवक्ता एलबिजेड गुरुङ,रि मे कुमार गुरुङ,सुनिल राना,नारायन गुरुङ,श्रीप्रसाद गुरुङ,डेबिड गुरुङ,विशाल गुरुङ र थर्क सेनले शुभकामना मन्तब्य दिएको सो कार्यक्रममा सस्थाले छोटो समयमा दुर्त गतिले महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा खुशी पनि ब्यक्त गर्नु भयको थियो। सस्थाका महासचिव डा बलराम ढकालले बार्षिक प्रतिबेदन प्रस्तुत गरेको सो अधिबेसनमा कोषाध्यक्ष रुपा गुरुङ्ले पारदर्शीक आर्थिक प्रतिबेदन पेश गर्नु भयको थियो।

कार्यबाहक अध्यक्ष भरत गुरुङ्ले अध्यक्ष सारदा गुरुङ्को प्रतिबेदन पढेर सुनाउनु भयको सो कार्यक्रममा कार्यसमिति विघटनको घोषणा गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन संयोजक वरिष्ठ सल्लाहकार डेविड गुरुङ् निर्वाचन प्रमुख, सचिबमा गोमा राना र सदस्यमा इन्द्र क्षत्री,पार्बती गुरुङ तथा गिर गुरुङ सहितको निर्वाचन समितिलाई निर्वाचन सम्पन्न गर्न बुझाईएको थियो।

दोस्रो चरणमा निर्बाचन प्रमुख डेविड गुरुङ र टिमले निर्वाचन प्रक्रियालाई अगाडि बढाएको थियो। त्यसपछी कार्यक्रम निर्वाचन समिती सचिब गोमा रानाले सन्चालन गर्नु भयको थियो।

आजको अधिवेशन पश्चात भयको निर्वाचनबाट नयाँ कार्य समितिमा सर्वसम्म्तबाट भरत गुरुङ अध्यक्षमा चयन हुनु भएको हो। यसैगरी उपाध्यक्षहरुमा भक्त दर्जी,रुपा गुरुङ र जगदिश गुरुङ चयन,महासचिव इन्जिनियर राम राज शर्मा कोषाध्यक्ष  शिव सापकोटा, सहकोषाध्यक्ष चन्दा थापा,सदस्यहरु भिम बहादुर गुरुङ,युबराज गुरुङ,श्याम बहादुर गुरुङ,महिला संयोजक हुम कुमारी गुरुङ,सहसंयोजक भुमाया थापा,प्रवक्ता गोमा राना,कानुनी सल्लाहकार भिम पौडेल चयन हुनु भएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?