Saturday February 08, 2025

बेलायतको बर्मिङ्घममा मनाईयो नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस 

१७ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1748


बेलायतको बर्मिङ्घममा मनाईयो नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस 

शीतलपाटीन्युज डटकम।

लन्डन। अंग्रेजी नयाँ वर्षका दिन बेलायतको बर्मिङहमवासी नेपालीले नेपाली राष्ट्रिय पोशाक दिवस मनाएका छन्। शान्ति नेपाली समाज बेलायतको आयोजनामा वेष्ट ब्रमिचस्थित रोयल क्यासलमा सोमबार एक कार्यक्रमसहित नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाइएको हो।

समाजका अध्यक्ष प्रविण खरालले ’हाम्रो टोपी हाम्रो शान,  नेपाली पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित दिवस मनाइएको जानकारी दिए।

केही वर्षअघिदेखि अंग्रेजी नयाँ वर्षलाई टोपी दिवसका रुपमा मनाउँदै आएको समाजले गत वर्षदेखि राष्ट्रिय पोशाक दिवसकै रुपमा मनाउन थालेको हो।

अध्यक्ष खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी चर्चित गायक प्रकाश सपूतले विदेशमा नेपाली राष्ट्रिय पोशाकप्रतिको ठूलो लगाव देख्दा खुशी लागेको बताए ।

सो अवसरमा समाजका पूर्व अध्यक्षहरु कोश्लेश्वर ढकाल  र लीला थापा,गल्कोट जिल्ला समाज यूकेका अध्यक्ष चन्द्र साहानी, समाजसेवी राजेशमणि लामिछानेलगायतले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय पोशाकको महत्वबारे बोलेका थिए।

सचिव विनोद थापाले कार्यक्रम सञ्चालन गरेका थिए भने अध्यक्ष खरालले राष्ट्रिय पोशाक दिवसको शुभकामना दिंदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमका लगभग सबै सहभागीहरु ढाका टोपी, दौरा सुरुवालसहित राष्ट्रिय पोशाकमा सजिएका थिए।

श्रोत- नेपालीलिॅक।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?