Sunday April 28, 2024

ग्रेटर रसमोर नेपाली कम्युनिटीले नेपाली कक्षा संचालन गर्दै

२० पुष, २०८० शीतलपाटीन्युज डटकम। 1411


ग्रेटर रसमोर नेपाली कम्युनिटीले नेपाली कक्षा संचालन गर्दै

शीतलपाटीन्युज डटकम।

अल्डरसट,युके। परदेश रहे पनि आफ्ना भाषा, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न नेपालीहरु पछि परेका छैनन भन्ने कुरा समाचारहरुमा पढ्न, देख्न पाइएको कुरा छर्लड्गै छ। यसै प्रसंड्गसंगै बेलायतमा नेपालीहरुको राजधानी मानिने रसमोर बरो काउन्सीलको अल्डरसट भन्ने ठाउमा नेपाली भाषा कक्षा संचालनमा आउदै रहेको समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ।


ग्रेटर रसमोर नेपाली कम्युनिटी युके च्यारीटी रजिस्ट्रेसन ११०६६३२ ले नेपाली भाषा कक्षा संचालन गर्न लागेको कुरा नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुड्गले जानकारी दिनु भयको छ।सो नेपाली कक्षा Suit 4, Greyholme,Victorira Road,Aldershot, GU11 1SJ मा हरेक आईतबार १० बजे देखी ३ महिना सम्म हुने कार्यक्रम छ। 

नेपाली भाषा पढाउने दुईजना शिक्षकको ब्यबस्था गरिएको सो नेपाली कक्षामा एउटा कक्षाको ८ पौण्ड फि राखीएको कार्यक्रममा महिनाको ३२ पाउण्ड फि लिईने र अध्ययनका लागी बिध्दाथीहरु भर्ना भै रहेको जानकारी पनि अध्यक्ष गुरुड्गले दिनु भयको छ।

सो नेपाली भाषा कक्षामा भर्ना हुन र आवस्यक कुरा बुझ्न ग्रेटर रसमोर नेपाली कम्युनिटीका उपाध्यक्ष डा बिशाल गुरुड्ग 07512612279, उपाध्यक्ष जीत मन्याड्गबो 07786372784,सह कोषाध्यक्ष सुमन पुन 07852566720,सहायक मिडीया सेक्रेटरी गोमा राना 07877255869 सम्पर्क गर्न सक्नु हुनेछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?