Saturday February 08, 2025

तनहुं बेलचौतारा सोलार फर्मको अधिबेशन भब्य सम्पन्न

२९ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1610


तनहुं बेलचौतारा सोलार फर्मको अधिबेशन भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

पोखरा। नेपालको तनहु दुलेगौडामा संचालनमा रहेको पहिलो सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

सोलार कम्पनीका  अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भयको सो बार्षिक सभा पोखरा लेकसाईडस्थित होटल मालामा  शनिवार सम्पन्न भयको थियो। करिब ५० सेयर सदस्य उपस्थित रहेको सो साधारण सभा कम्पनीका सचिव राजेन पाठकले सञ्चालन गरेका थिए। 

सो सभाका अवसरमा संस्थाका अध्यक्ष मोहन गुरुङले विगत एक वर्षदेखिको सोलार कम्पनिले गरेका क्रियाकलापबारे प्रकाश पारेका थिए। यसैगरी,आर्थिक विवरणबारे कम्पनीका सिइओ एलएन पाण्डेले हालसम्मको आर्थिक कारोबार प्रस्तुत गरेका थिए। 

यसैबीच,कम्पनीको ठूलो सेयर होल्डर डोल्मा इम्प्याक्ट फार्मको तर्फबाट कम्पनीका डाइरेक्टर विधावारिधि सिक्देलले डोल्मा इम्प्याक्ट फार्मको लगानी,सोलार फार्म लिमिटेडलाई सुरुमा लगानी गरेको विवरण र अब पूर्णरुपमा कम्पनीको सबै सेयरहोल्डर सरह हिस्सेदार रहनेबारे प्रष्ट्याएका थिए। 

कार्यक्रममा सोलार फार्मका बारेमा चर्चा गर्दै सभाध्यक्ष मोहन गुरुङले उपस्थित सबै सहभागीलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?