Saturday February 08, 2025

ब्रिटिस सेनामा कार्यरत नेपाली सैनिक बिजय सुब्बा लिम्बुहरुको इतिहासमा पहिलो लेफ्टिनेन्ट कर्णेल

२३ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1627


ब्रिटिस सेनामा कार्यरत नेपाली सैनिक बिजय सुब्बा लिम्बुहरुको इतिहासमा पहिलो लेफ्टिनेन्ट कर्णेल

शीतलपाटीन्युज डटकम।

लन्डन। ब्रिटिस सेनामा कार्यरत नेपाली सैनिक बिजय सुब्बा लिम्बुहरुको इतिहासमा पहिलो लेफ्टिनेन्ट कर्णेल बनेका छन्। ब्रिटिस आर्मी मेजरहरुको गत हप्ता बसेको प्रोमोसन बोर्डबाट मेजर बिजय सुब्बा लेफ्टिनेन्ट कर्णेल पदमा छनोट भएका हुन्। 

ब्रिगेड अफ गोर्खाजका क्लर्कहरुबाट इतिहासमा सुब्बा पहिलो लेफ्टिनेन्ट कर्णेल बनेका हुन । उनी हाल आर्मी पर्सनल सर्भिसेज  (एपीएसजी) आर्मी हेर्डक्वाटरमा कार्यरत छन्। ब्रिटिस सेनाका जम्मा १० जना मेजरहरु लेफ्टिनेन्ट कर्णेलका लागि छनोट गर्दा गोर्खाली बिजय सुब्बा पनि परेका हुन् ।

उनले बेलायतमा सबै ब्रिटिस आर्मीका लागि एसओटू एस्युरेन्सको अभिभारा लिएर जी वान एस्युरेन्स सम्हालिरहेका छन्। सुब्बा सन् २००९ सालमा क्याप्टेनमा कमिसनिङमा भर्ना भएका थिए भने बिजय सन् १९९१ मा ब्रिगेड अफ गोर्खाज्‌मा भर्ती भएका हुन्।

उनी स्व.मेजर ऐतहाङ सुब्बा गोर्खा इन्जिनियर र आशा सुब्बाका कान्छा छोरा हुन् श। नख्खु ललितपुर निवासी बिजय हाल श्रीमती उर्सिला राई सुब्बा र परिवारसहित बेलायत बस्दै आएका छन् । उनका छोरा भिनीत सुब्बा रेडिङ युनिभर्सिटीमा अध्यनरत छन् ।

श्रोत-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?