Wednesday July 16, 2025

उपसभामुख रानामगरको बेलायत भ्रमण स्थगित हुँदा चार मुख्य औपचारिक कार्यक्रम रद्द

१८ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1655


लक्ष्मी तामांग,प्रवक्ता

एनआरएनए,यूके।

लण्डन।नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ।एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिजा’ का कारण अन्तिम समयमा स्थगित भएको हो।

पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो। उनको बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे,बेलायती उपसभामुख लगायत नेतासँग भेटघाट तय थियो। 

उनको ७ जना बेलायती सांसदसँग ननिङटनमा च्यारिटी डिनर पनि तय भएको संयोजक क्याप्टेन भिम सारुले जनाए। विभिन्न संघसंस्थाले अन्तरक्रिया गर्ने समेत जनाएका थिए। उपसभामुख रानामगर एनआरएनए यूकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो।

त्यस्तै,मार्च ५ तारिख मंगलबार एनआरएनए यूकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो। 

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपसभामुखको अनुपस्थिति रहे पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्दाको अन्तरक्रिया स्थगित गरिएको बताए। गाहामगरले उपसभामुख रानामगरले छिट्टै अर्को कार्यक्रममा सहभागी हुने वचन दिएको पनि बताए ।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?