Wednesday June 18, 2025

इड्गलैण्ड राज्यका लागि धन बहादुर सार्की, बेल्स राज्यका लागि सोमनाथ सापकोटा पर्यटन प्रवर्द्धकमा नियुक्त

१८ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1464


इड्गलैण्ड राज्यका लागि धन बहादुर सार्की, बेल्स राज्यका लागि सोमनाथ सापकोटा पर्यटन प्रवर्द्धकमा नियुक्त

शीतलपाटीन्युज डटकम।

लण्डन।रसमोर बरो काउन्सील इड्गलैण्डका नेपाली ब्रिटीश नागरिक  काउन्सिलर धन बहादुर सार्कीले नेपाल सरकारद्वारा ईड्गलैण्डमा पर्यटन प्रवर्द्धकमा नियुक्ति पाएका छन्।

भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी धनबहादुर सार्की बेलायतको रसमोरको वेलिङटन वार्डबाट निर्वाचित काउन्सिलर हुन्।

यस्तै, संयुक्त अधिराज्यको वेल्स राज्यका लागि सोमनाथ सापकोटा र आयरल्यान्डका लागि वसन्त न्यौपाने नियुक्त भएका छन् ।

हालै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको हो।मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको भनेर बिज्ञप्ती निकालेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरको १३ फागुन २०८० गतेको निर्णयअनुसार पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिज्ञप्ती-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?