Sunday April 28, 2024

ब्रिटिश आर्मीमा डाईरेक्ट मेजर पदमा कमिशन प्राप्त पहिलो गोर्खा डा.सुदर्शन गुरुङ

११ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1869


ब्रिटिश आर्मीमा डाईरेक्ट मेजर पदमा कमिशन प्राप्त पहिलो गोर्खा डा.सुदर्शन गुरुङ

शीतलपाटीन्युज डटकम।

लण्डन। रोयल मिलिटेरी एकाडेमी,स्यान्डहर्स्ट क्याम्बर्ली बेलायतको ईतिहासमा गोर्खाहरु विगत दुईसय आठवर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन। पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईक्ट क्याप्टेन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आईरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने व्यक्तिको श्रेय डा. सुदर्शन गुरुंगलाई प्राप्त  भएको छ। 

बुवा सुमलकुमार गुरुंङ र आमा सारादेवी गुरुंङको कोखबाट पर्वत जिल्ला मोदी गाउपालिका वडा नम्बर ८,चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शन गुरुंङले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२ मा बेलायत आएर चिकित्सा सेवामा सेवा गर्न थालेका थिए। चिकित्सा सेवामा संलग्नता रहे पश्चात एमआरसीपी (एमडी तह) त्यसपछि एफआरसिपि (ह्यामोटलाजीको कन्सल्ट्यान्ट विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्स क्षेत्रमा कार्यदक्षता हासील गर्दै आएका थिए। बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्ट स्थित मिडवे अस्पताल,जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा.सुदर्शनलाई जान्छ। 

कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा.सुदर्शन गुरुंङले चिकित्स क्षेत्रमा धेरै कल्याणकारी कामहरु गरिसकेका छन। नेपालको महाभूकम्पको बेला डा. कपिल रिजाल सहित डाक्टरहरुको समुहमा अघिल्लो पंंक्तिमा उभेका डा.गुरुंगले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन।

आफ्नै प्रयासमा केहि आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तिमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र दवाईपानी उपलब्ध गराएका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?