Wednesday November 13, 2024

सहारा एकेडेमी पोखराद्वारा थप १७ बालकको खोजी

१३ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1602


सहारा एकेडेमी पोखराद्वारा थप १७ बालकको खोजी

शीतलपाटीन्युज डटकम।

पोखरा। पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ ।

पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौथो ब्याचको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरूको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो ।

कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्ये बुवा वा आमा गुमाएको वा दुबै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मिति २०७० बैशाखदेखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तीर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए।

शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन,बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल,जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत),सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्त भित्र बुझाउनु पर्ने क्लबले जनाएको छ ।

सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु छन् ।

photo- Sudershan Ranjit

(गण्डक न्युजबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?