Friday May 03, 2024

ग्रेटर रसमोर नेपाली कम्युनिटीले नयाबर्ष २०८१ मनाउदै

१९ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1285


ग्रेटर रसमोर नेपाली कम्युनिटीले नयाबर्ष २०८१ मनाउदै

शीतलपाटीन्युज डटकम।
लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले विभिन्न कार्यक्रम गरी नेपाली नयाँ वर्ष २०८१ मनाउने भन्दै प्रेषमीटको आयोजना गर्यो। ३१ मार्च २०२४ आइतबार थकाली रेष्टुरेन्ट अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेका अध्यक्ष मान गुरुङले अध्यक्षता गर्दै यस वर्ष पनि धूमधामका साथ १२ अप्रिल २०२४ का दिन नयाँ वर्ष २०८१ मनाउन लागिएको बताए। 


अध्यक्ष गुरुड्गले आफ्नो अध्यक्षतामा तेस्रो पटक नयाँ वर्षको कार्यक्रम हुन लागेको बताउदै रसमोर इलाकामा बस्ने नेपालीहरुलाई समेटेर नेपाली नया बर्ष मनाउन लागेको उनले बताएका थिए। कार्यक्रम भब्य बनाउन नेपालबाट आउने गायिका उषा गुरुङलगायत कलाकारले बेजोड प्रस्तुति दिने बताए। बालकलाकारको बालगीत समेत प्रस्तुत गरेर बालबालिकाहरुलाई हौसला दिने उद्धेश्यले नयाबर्ष कार्यक्रममा पहिलो पटक बालगीत प्रस्तुत गर्न लागिएको समेत अध्यक्ष गुरुङले बताए। 

स्थानीय डीएमटी ब्यान्डकोसमेत प्रस्तुति रहने सो कार्यक्रममा ब्यान्डले नेपालको मौलिक धुन र लोक संगीतले उपस्थित दर्शकहरुलाई मनोरञ्जन गराउने बताए। नृत्य,गीत र संगीत प्रस्तुत गर्न कलाकारहरूले तयारी गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए। 

कोषाध्यक्ष श्याम श्रेष्ठले स्थानीय व्यवसायी र समुदायलाई कार्यक्रममा उपस्थित भएर  स्मरणीय बनाउन आग्रह गरे। ‘उहाँहरूबाट हामी सहयोगको पनि अपेक्षा  गर्दछौँ, उनले भने। नयाँ वर्षलाई मनोरन्जनात्मक,समय सान्दर्भिक र सांस्कृतिक गौरवको दिनको रूपमा लिनुपर्ने भन्दै उनले आफ्नो मन्तब्य राखेका थिए।‘समुदायलाई एकैठाउँमा ल्याउने,सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र नेपाली बीच सद्भाव बढाउने लक्ष्यसहित कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने। 
जीआरएनसीले सन् २००३ देखि लगातार नेपाली नयाँ बर्ष मनाउँदै आएको र यसबर्ष पनि अप्रिल १२ मा अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुनेछ। पत्रकार सम्मेलनमा अध्यक्ष मान गुरुङ,कोषाध्यक्ष श्याम श्रेष्ठ, सांस्कृतिक सचिव तथा डीएमटी ब्यान्डका दिनेश गुरुङ लगायत गोर्खा मिडीयाका डाइरेक्ट मीलन तमु गुरुड्ग,एभरेष्ट नेटका डाईरेक्टर एस के गुरुड्ग, एभरेष्ट टाईम्सका फोटो ग्राफर तेज बहादुर गुरुड्ग,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी समेत पत्रकारहरूको  उपस्थित थियो।आवस्यक जिज्ञासाको उत्तर दिदै सो प्रेसमीट अध्यक्ष गुरुड्गले समापन गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?