Wednesday May 08, 2024

टाउकैमा हान्नु होस् : बसन्त राज कुवंर

२९ असार, २०८० शीतलपाटीन्युज डटकम। 1553


टाउकैमा हान्नु  होस् : बसन्त राज कुवंर

बसन्त कुवंर,

काठमाण्डौ।

नेपाल बिग्रेको टाउकोबाट हो तर मर्मत गर्न  खोजिएको छ तल तीर बाट,

जुन टाउको खराब छ त्यही टाउको शुसासनको भाषण दिन्छ।जुन टाउको संबैधानिक आयोग देखी कर्मचारी समेत संग पैसा लिएर सरुवा बढुवा नियुक्ती गर्छ त्यही टाउको तीनै पैसा लिएकाहरुलाइ हलमा राखी भ्रष्टाचार नगर्न चेताबनी दिन्छ,सल्लाह दिन्छ, जुन टाउको हबाइजहाज खरीद देखी सियो खरीद सम्म र मल खरीद देखी औषधी खरीद सम्म पैसा खान्छ त्यही टाउको चुनाबमा मैले जीते देसले संम्बृध्दी पाउछ भनेर अन्तरबार्ता दिन्छ तर पनी हामी तीनै टाउकोहरुको भक्त र बफादार भएर तिन्का फेबर पाउन कोशीष गरी रहेका छौ। 

भरखरै बालेनले सेनाको पर्खाल भत्काइ बाटो खोलेको समाचार पढें। एक प्रकारले भन्ने हो भने त सेनाको पर्खाल भत्काउन सकीन्न भन्नेनै थियो नी? तर बालेनले ऑटे र त्यो भत्कीयो।कसै न सकैले ऑट्नु त पर्ने रहेछ नै।

हाल प्रहरीले ललिता निबास र भुटानि सरणार्थी काण्डमा सम्मिलीतहरुलाइ कारबाही गरी जनताको बिश्वास जीत्न सफल भएको छ तर उस्ले अझै टाउकेहरुलाइ समातेको देखिएको छैन। 

मीन बहादुर गुरुडं जस्ता त पब्लीक हुन्।दिनमा १० लाख सरकारलाइ कर तिरी नेपाललाइ नै ब्यबसाय गर्न सिकाउने हस्ती हुन्। ति सरकार होइनन् न ती आफै जग्गा पास गर्न सक्ने कर्मचारी हुन्। हरेक ब्यापार गर्नेहरु संभाबना खोज्दछन् र लगानी गर्दछन्। तर के काम गर्न हुन्छ के काम गर्न हुन्न भनी तय गर्ने त कर्मचारी हुन् र यस्ता ठुला कामहरु त टाउकोको समर्थन बिना गर्न पनी सकीदैन।यहा मिन बहादुर भन्दा पहिला टाउको समात्न जरुरी थियो।मिन बहादुर त अन्तमा पक्राउ पर्नु पर्ने थियो र त्यो पनी साक्षीमा। जग्गा उन्का नाममा भएका कारण उनी मुद्दामा पर्नु पर्दथ्यो। समातीनु पर्दथ्यो पहिला क्याबिनेटका सबै टाउका र मुख्य सचिब। 

कोहि मानीस पर्यटन मनंत्रालय पुगी “म स्वर्ग जान चाहान्छु भिसा पॉउ“ भन्छ र क्याबिनेटले स्वर्ग जाने भिसा दिन्छ भने दोशी को ? ब्यक्तीले स्वर्ग जाने चाहना राख्न सक्छ,उस्ले पुरै चुरे बेच्ने चाहाना राख्न सक्छ, उस्ले जंगल सबै बेच्ने चाहाना राख्न सक्छ वा ललिता निबासको जग्गा किन्ने चाहना राख्न सक्छ तर त्यो काम हुन्न भन्न कै लागी त सरकार छ।तर जस्का जिम्मामा देस छ,त्यो सरकारको हेड नै मिलेर चुरे वा ललीता निबास बेचे अनी त्यहा पब्लिक ब्यक्तीको के दोष ? 

सुडान कॉण्डमा प्रहरीका कालो चीया र दुइवटा बिस्कुट खाएर सही गर्ने तल्ला प्रहरी कर्मचारीहरुले संगठनमको आइजीपीको मनसाय मै त सही गरेका थिए नत्र एआइजीपीले त्यस एजेण्डालाइ किन मिटीडंमा लेराउथे? आइजीपी ओम बिक्रम राणा बाहेक अरुले त सफाइ पाए किनकी अरुले आदेस पालना गर्नै पर्यो। तर ती आइजीपीले पनी त तत्कालीन देसका टाउकेहरुको समर्थन र सहयोगकै लागी त्यो काम गरेका थिए तर उन्ले टाउकेहरु बचाइ दिए।

निजामतीमा त अझ तह तहमा टिप्पणीमा राए दिइन्छ तर अन्तीम त अन्तीम तहकै राए हुन्छ । ललीता निबास काण्डमा कतीपए नितीगत निर्णए हरु त क्याबिनेट बाट भै त्यो जग्गा ब्यक्ती र नेताका नाममा पुगेका छन्। तर प्रहरी क्याबिनेटका  टाउको हरुमा पुगेको देखीदैन यस्को मतलब प्रहरी कार्य अझै पनी टाउके हरुकै निर्देसन समर्थन र हिसाब किताबमा भै रहेको छ भन्ने बुझीन्छ।यसैले होला अझै टाउकाहरु कारबाहीको दायरामा आएका छैनन्। 

शासन जस्को भए पनी टाउकोहरु बिच सिन्डीकेट छ।ठुला ठुला कमिसनहरुमा टाउकेहरु बिच बॉडफॉड हुन्छ भन्ने सुनीएकै हो। त्यसैले प्रहरीले एक टाउकेको आदेसमा वा समर्थनमा अर्को टाउके समात्न सक्तैन तर आन्द्रामा रगत चुस्ने टेप वार्मको लामो शरीर जती टुक्रामा झरे पनी जबसम्म टाउको झर्दैन तब सम्म उ जिबीतै हुन्छ र फेरी शरीर बन्दछ र त्यो लामो हुन्छ।जसरी टेप वर्मको टाउको मारे पछी मात्र पुरै सरीर मर्दछ त्यसै गरी हालका प्रहरी कारबाहीहरुमा पनी टाउको मार्न जरुरी छ।तर देश चुस्ने टेप वर्मको टाउको अझै देसको आन्द्रामै गाडीएको छ।

इतीहासमा अहीले प्रहरीले देखाएको साहस अदम्य छ।तर यो कुरा पनी बुझ्न सकीन्छ की यो कारबाही सरकार प्रमुख र मन्त्रालय प्रमुखको सहमतीमा भएको छ।पहिला पहिला यती सहमती पनि मिल्थेन। अहीले यत्ती भए पनि मिल्यो,त्यो राम्रो हो तर सरकार र मनंत्रालयको समर्थन टाउकोमा पुगेको देखीदैन।   

यहा प्रहरीले बुझ्नु पर्ने कुरा एउटा छ।जसरी हर्क साम्पाडं र बालेन अनी धनगढीका गोपाल हमाललाइ जनसमर्थन छ र उनीहरु सरकारका आदेस मात्र कुरी रहेका छैनन्,बल्की आफ्नो अधीकार प्रयोग गरी रहेका छन्, त्यसै गरी प्रहरीले पनी आफ्नो अधीकार प्रयोग गरी टाउको माथी आक्रमण गर्नु पर्दछ।त्यो सहास गर्नु पर्दछ।यो सहास गर्ने सबै बाताबरण मिलेको छ।

प्रहरीले यो कुरा बिर्सन हुदैन की तीनै टाउकाहरु थिए जो हाम्रा पदोन्नतीमा पैसा माग्दथे,तीन्ले भनेको नभए प्रधान न्यायाधीसलाइ महाअभीयोग लगाउथे, प्रहरी कल्याणकोष बाट पैसा खान्थे,रकम पाएन भने हाम्रा पदोन्नती रोक्थे र बार्गेनिडं गर्थे,नदी बेच्थे र सबै कल कारखाना सिध्साउथे।इन्का पाप र दुष्कर्मले यो मुलुक गरीब अशुरक्षीत नीरीह र कर्मचारीहरु डरछेरुवा र हरुवा चरुवा बनेका छन्। अख्तीयार र न्यायालय,प्रहरी प्रमुख जस्तो पबीत्र ठाउमा समेत पैसा लिएर नियुक्ती दिने यी पापी टाउकेहरु माथी प्रहरीले एक पटक प्रहार गर्नु पर्दछ।इन्का अपराध लापरबाही र घमण्डहरु एक एक गरी संझनु पर्दछ र ढाडमा टेकेर टाउकामा होइन,सिधै टाउकैमा हान्नु पर्दछ।

यो काम हाल बहालका प्रहरीहरुले गर्न नसके इतीहासले भन्ने छ “ तिमी हरुले देसका लागी महान काम गर्ने मौका पाएका थियौ तर गुमायौ “ ।यो देसको राजनैतीक प्रसासनीक,आर्थीक र सामाजीक परीबर्तनरा लागी पनी प्रहरीले अहीले टाउकोमा हान्न ऑट गर्नु पर्दछ।इतीहासमा भगबानले यस्तो मौका संधै दिदैनन्”। 

यी टाउकाहरु भुटानी सरणार्थी देखी ललीता निबासमा मात्र होइन जताततै छन् र स्पष्ट रुपमा देखीएका छन्।प्रहरीहरुले नडराइ यी टाउकाहरुमा हान्नु पर्दछ।मिन बहादुरहरु टाउके होइनन् बरु पिडीत हुन्।कर्मचारीहरु टाउके होइनन् बरु हरुवा चरुवा बनाइएका बिवस पात्र हरु मात्र हुन्। 

केबीनेटमा सही गरी फाइनल आदेस दिने पात्रहरु तीर निसाना साध्नुहोस् र ती मध्य पनि सरदारलाइ पहीला ढाल्नु होस्। हामीले यस्तो मौका पाएनौ, तपाइहरुले पाउनु भएको छ,हात नकमाइ अधीकार प्रयोग गर्नु होस्। यी तासका घर ढले झै ढल्ने छन् र टेप वर्मका टाउका झरे पछी मात्र नेपालको रुपान्तरण सुरु हुनेछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?