Friday May 10, 2024

गोर्खा वारियर’को भब्य प्रिमियरमा सहभागी हुन यूकेवासीहरुले गरे बस नै रिजर्भ

३० असार, २०८० शीतलपाटीन्युज डटकम। 1520


गोर्खा वारियर’को भब्य प्रिमियरमा सहभागी हुन यूकेवासीहरुले गरे बस नै रिजर्भ

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायत कै सान मानिएको लिस्चे स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ।सो कुराको समाचार युकेमा बस्ने नेपालीहरुले थाहा पाएपछि नेपालीहरुमा उल्लास छाएको छ। ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी हुन यूकेको बिभिन्न नगरमा बसोबास गर्ने नगरवासीहरुले बस नै रिजभ गरेर आउने भएका छन्। अहिले युकेको विभिन्न स्थानमा बस्ने नपालीहरु ‘गोर्खा वारियर’ प्रिमियरमा सहभागी हुन एकजुट भएको देखिएको छ।

‘गोर्खा वारियर’ फिल्मको प्रिमियरका लागी खटिरहेका निर्देशक मिलन चाम्सले यो खवर सुने पछि उनी खुसी भयका छन। उनले फेसबुकमा तस्बिरहरु सियर गर्दै लखेका छन्,“गोर्खा वारियर”प्रिमियरमा सहभागी हुन यूकेको Reading बासीले बस नै रिजभ गरी सक्नू भएछ। 👏👏 Reading बासी सम्पूर्ण प्रति नमन भन्न चाहान्छु भन्नु भयको छ। त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ।

सो भव्य प्रिमियर सो मा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ,अभिनेता तथा क्याप्टेन विजय लामा पनि सहभागी हुनुहुने भएको छ। निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु,हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार,सांसदहरु,स्थानीय निकाय प्रमुखहरु,बेलायती सैनिकका जनरल,बृटिस गोर्खा सैनिकका साथै विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु,विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ। 

यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराउनु भयको छ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई,सुस्मिता वाइवा छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन्। ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन्। रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा,रेविका गुरुङ,रियर राई,शिशिर बाङ्देल,कविता आले,बिरूप घले,सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?