Tuesday July 08, 2025

३८ बर्ष अघि नेपालबाट हरायको मुर्ति बेलायतबाट फिर्ता जादै

६ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2564


३८ बर्ष अघि नेपालबाट हरायको मुर्ति बेलायतबाट फिर्ता जादै

शीतलपाटीन्युज डटकम।

लण्डन।३८ बर्ष अघि नेपालबाट हरायको प्राचिन मुर्ति बेलायतमा फेला परेकोले नेपाल सरकारलाई फिर्ता पठाइने भयको समाचार छ।

११औ शताब्दीमा निर्मित खरानीरंगको चुन ढुड्गाको सुर्य मुर्ति लण्डनस्थित नेपाली राजदुताताबासले बिहीबार नेपाल पठाएको कुरा एक बिज्ञप्ति मार्फत शीतलपाटीन्युजलाई जानकारी प्राप्त भयको छ।यो मुर्ति बेलायतकै एक संग्रहकर्ताले नेपाली राजदुताबास लण्डनमा पुगी हस्तान्तरण गरेका थिए।कलाकार लैनसिंह बाड्गदेल “स्टोलन इमेजेज अफ नेपाल”मा सुचीबध्द यो मुर्ति सन् १९८५ मा पाटनबाट हराएको अनुमान छ।

नुर्ति ७९ सेमी अग्लो र ४९ सेमी लामो तथा १५ सेमी चौडा छ भने ४१ केजी तौलको छ। फिर्ता गरिएको मुर्ति पुरातत्व विभाग मार्फत पुरानै स्थानमा पुनर्स्थापना गरिने नेपाली राजदुताबास लण्डनले जनाएको छ।मुर्ति भेटीनु र नेपाल फिर्ता पठाउन पाउनु हरायका सास्कृतिक सम्पदाहरुको पुनस्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुगेको नेपाली राजदुताको ठम्याइ छ।

बिज्ञप्ति समेत-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?