Friday May 10, 2024

सुप्रमा-ईप्रमा पुरष्कार- २०२३ द्वारा चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुदै

१२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1824


सुप्रमा-ईप्रमा पुरष्कार- २०२३ द्वारा चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुदै

बाचस्पति रेग्मी,

शीतलपाटीन्युज डटकम।

लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ।

निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आधारीत “कैदीको पत्र” चलचित्रमा गर्नु भयको कुशल निर्देशनका लागि पुरष्कृत गरिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा ५ अगस्त २०२३ मा हुने“२१०औ भानुजयन्ती तथा ९२औ इश्वर मानन्धर जयन्ती” कार्यक्रममा यस बर्षको सुप्रमा-ईप्रमा पुरष्कार-२०२३ प्रदान गरिने कार्यक्रम छ।

सो पुरष्कार ५ अगस्त २०२३ का दिन काठमाण्डौ कुशन नर्थफिल्ड एभिन्यु लण्डनमा पुरष्कार संस्थापक प्रतिनिधीका साथै प्रमुख अतिथी साहित्यकार तथा नेपाल प्रहरीका एसएसपी गुप्त बहादुर श्रेष्ठका बाहुलीबाट प्रदान हुने भन्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेका अध्यक्ष राज श्रेष्ठले निमन्त्रणा गर्दै बताउनु भयको छ।

चलचित्र निर्देशक बैरागले नेपाली साहित्य विकाश परिषद यूकेबाट साहित्य सम्मान रजत अभिनन्दन पत्र तथा पदक,नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भानुभक्त आचार्य द्विशताब्दी बार्षिक समारोहमा सम्मान तथा पदकका साथै धेरै ड्रामाहरु र चलचित्रबाट पनि सम्मानपत्र प्राप्त गर्नु भयको छ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?