Friday May 10, 2024

महानायक राजेश हमाल बेलायतमा

१७ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1416


महानायक राजेश हमाल बेलायतमा

शीतलपाटीन्युज डटकम।

लण्डन /चर्चित अभिनेता तथा महानायक राजेश हमाल बेलायत आइपुगेका छन्। विदेशमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत आएका हुन्। शनिवार राति लण्डन आइपुगेका हमाल एक महिना बेलायतमा रहनेछन्। उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा ब्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन्। 

हमालले बेलायतमा रहेका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन् । महानायक हमाल केही च्यारिटी कार्यक्रममा समेत सहभागि हुनेछन्।लगत्तै यही शिलशिलामा  उनी युरोपका विभिन्न देशहरु पनि पुग्नेछन्। 

विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र यूरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन्।

उनले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको र उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन्। 

त्यतिमात्रै नभएर उनीहरुसंग भएको अनुभव र दक्षतालाई नेपालसंग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि बताएका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?