Friday May 10, 2024

साझा नेपाली समाज युकेले "डिनर वइथ राजेश हमाल" सॉझको आयोजना गर्दै

१७ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1550


साझा नेपाली समाज युकेले "डिनर वइथ राजेश हमाल" सॉझको आयोजना गर्दै

शशाङ्क शर्मा,

लण्डन। नेपाली सिनेजगतका महानायक राजेश हमाल साझा नेपाली समाज मिडलैन्डले आयोजना गर्ने डिनर विथ राजेश हमाल कार्यक्रमको लागि यही सेप्टेम्बर १० आइतवारको दिन मिडलैन्ड आउने भएका छन। तिजको समय पारेर गर्न लागिएको यो कार्यक्रमले नेपाली सिने जगतमा महत्वपुर्ण योगदान दिनुभएका महानायकसंग सांक्षतकार एवं मनोरन्जनपुर्ण कार्यक्रम गरी सम्पन्न गरिने छ।

 

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार कार्यक्रम लाई सम्पन्न गर्नको लागी साझा नेपाली समाजका उपाअध्यक्ष शिब खराल र सचिव शुरेष केसीलाई संयोजक तोकिएको छ भने आर्थिक संयोजनको जिम्मा कोषाअध्यक्ष उपेन्द्र पौडेललाई प्रदान गरिएको छ। कार्यक्रममा सामाजिक एकता,भाईचारा र आपसी सहयोगलाई बलियो बनाउने उद्धेष्यले गर्न लागिएको यो कार्यक्रममा बाक्लो उपस्थिती हुने अनुमान गरिएकोछ।

 

दिपक सापकोटा को नेतृत्वमा गठन गरिएको साझा नेपाली समाजको नयॉ कार्यसमितिले छोटो समयमानै मिडलैन्डमा दुई सफल कार्यक्रम गरिसकेको छ। तिन महिनाको समय भित्र साझा नेपाली समाजले मिडलैन्ड नेप्लिज क्रिकेट लिंगको समापन कार्यक्रमको संयोजन र साझाका सामाजिक अभियन्ताहरुको विच मिट एन्ड ग्रिट कार्यक्रम गरिसकेको छ।

 

नवगठित कार्यसमितिले मिडलैन्ड नेप्लिज क्रिकेट लिगमा नेपाल क्रिकेटका पुर्व कप्तान ज्ञानेन्द्र मल्ल लाई बोलाई खेलाडीहरुको हौसला बढाउन सफल भएको थियो। यो कार्यको मिडलैन्ड बासि नेपालीहरु मात्र नभई पुरै बेलायतका सामाजिक अभियन्ताहरु बाट उच्च मुल्याङन गरिएको थियो।

 

महासचिव शर्माका अनुसार कार्यसमितिको सुझबुझ पुर्ण निर्णयको कारण गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा सतप्रतिसत मिडलैन्डका उम्मेदवार जिताउन सफल भएको थियो।साझा नेपाली समाजको कार्यसमितिले निर्वाचनको ठिक समयमा यो र त्यो नभनी मिडलैन्डबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्नको लागी अपिल गरेको थियो।

 

त्यसैगरी साझा नेपाली समाजले केहि दिन पहिला मिडलैन्डका सामाजिक अभियन्ताहरु सबैलाई बोलाई मिट एन्ड ग्रिट कार्यक्रम गरेको थियो।भब्य सफल रहेको त्यो कार्यक्रममा अभियन्ताहरुले सामाजिक काम गर्ने क्रममा भएगरेका आ-आफ्ना अनुभवहरु साटासाट गरेका थिए।

 

कार्यक्रम स्थान,मिति र समय-

मिति-१०/०९/२०२३ आइतवार

समय-४ बजे

स्थान-Harborough town community football ground

Northampton road

Market harborough 

lE16 9HF



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?