Saturday June 14, 2025

इनाश युकेको अध्यक्षमा कलाकार एवम संचारकर्मी संजयभक्त कँडेल निर्वाचित

८ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 2001


इनाश युकेको अध्यक्षमा कलाकार एवम संचारकर्मी संजयभक्त कँडेल निर्वाचित

GNNNews-

लन्डन। कलाकार एवम संचारकर्मी संजयभक्त कँडेल विदेशमा बस्ने नेपाली कलाकारहरूको संस्था ‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ (इनास)युकेको अध्यक्षमा चयन भएका छन्।

यसअघि दुई कार्यकाल महासचिब भएका काम गरेका कँडेललाई आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो। उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन्।

आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित सर्वसम्मत समितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सबिना श्रेष्ठ उपाध्यक्ष,सर्वेन्द्र अधिकारी महासचिव,लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन्। कार्यसमिति सदस्यमा अभिषेक गौतम,गोमा खरेल ‘श्रेया’,सुष्मिता थापा,सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन्।

त्यस्तै, संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनीत भएका छन्।  

राजन सुवेदी संयोजक तथा आनन्द धरेल र शेखर शर्मा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीलाई शपथग्रहण गराएको थियो।

इनास युके संरक्षक एवम् ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ,निवर्तमान अध्यक्ष विनोद चिपालु, सल्लाहकार दीपक श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिएका थिए।  

यसअघि निवर्तमान समिति अध्यक्ष चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो।संसारभर नेपाली कला, भाषा र संस्कृति संरक्षण र प्रवर्द्धनको उद्देश्यसहित सन् २०१२ मा स्थापित इनासको युके शाखा सन् २०१५ मा स्थापना भएको थियो। इनासले विश्वका ७० भन्दा बढि देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ।

नवनिर्वाचित अध्यक्ष कँडेलले आफ्नो कार्यकालमा नर्दन आयरल्याण्ड, स्कटल्याण्ड,वेल्स र इंग्ल्यान्डसहित बेलायतका चारै राज्यमा पहिलोपटक शाखा बिस्तार गरेर संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

दर्शन म्यूजिक भिडियोमा अभिनय गरिसकेका कँडेल गोबलपत्र नेपाली अनलाइन पत्रिकाका प्रधान सम्पादक एवम संचालक पनि हुन। नेपाल पत्रकार महासंघ युके शाखाका पूर्वमहासचिब उनी नेपाल प्रेस युनियन युरोप संयोजक हुन । विश्वभर इनाश शाखाहरुमध्ये युके शाखा बढी क्रियाशील र प्रभावशाली मानिन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?