Friday March 01, 2024

एनआरएनएभित्र जवाफदेहिता खोज्नु पर्छ- महासचीव उममेदवार गौरी जोशी

१४ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1327


एनआरएनएभित्र जवाफदेहिता खोज्नु पर्छ- महासचीव उममेदवार गौरी जोशी

शुरेस कोईराला।

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन नजिकिँदै गर्दा यसको चहलपहल बढ्दै गएको छ। महाधिवेशनले एनआरएनए आईसीसी (२०२३–२०२५)का लागि नयाँ नेतृत्व चयन गदैछ। नेतृत्वको दौडमा आफूलाई महासचिवको प्रत्यासीको रूपमा अगाडि सारेका बलिया प्रतिस्पर्धी हुन गौरीराज जोशी। जोशी एनआरएनएभित्र जवाफदेहिता खोज्ने व्याक्तिको रूपमा चिनिन्छन्। एनआरएनएभित्र रुपान्तरण खोज्ने पात्रको रूपमा चिनिन्छन्। स्वतन्त्र, अनावश्यक राजनीति र त्यसको हस्तक्षेपभन्दा एनआरएनएलाई राख्नुपर्छ भन्ने अभियानमा उनको सक्रियता लामो समयदेखि चल्दै आएको छ।

एनआरएनएलाई संस्थागत बनाउँदै यसको आवश्यकता र सान्र्दभिकताको सवालमा बहस छेड्न आवश्य सम्झने जोशी भन्छन्,‘पछिल्लो समय एनआरएनएमा अराजकता हस्तक्षेप बढ्दै गएको छ, कस्ता, कसका लागि र किन एनआरएनए ? भन्ने जवाफ खोज्ने र दिने समय आएको छ।’ एनआरएनए माथिका विभिन्न आरोप चिर्दै त्यसलाई अझै बल पुर्याउनभन्दा पनि यसको साख,विश्वास र सम्मानलाई उचाई दिनुपर्ने उनको मान्यता छ। उनी निरन्तर समाजसेवामा समर्पित, नेपालको समृद्धि र मातृभूमि तथा कर्मभूमिको सम्बन्धको पुलको रूपमा एनआरएनएले काम गर्नुपर्ने मान्यता राख्छन्।

‘गैरआवासीयीहरू दुइ देशका सम्पत्ति हुन् । त्यो सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्ने कुरा कतिपय अवस्थामा ती देश र कतिपय अवस्थामा स्वयं व्यक्तिहरुमा भरपर्ने विषय हो। हामी नेपालीसँग त असी भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद भएको सिंगो संगठन छ–एनआएरएन, यस्तो बलीयो संगठनलाइ अब परम्परागत शैली भन्दा अलि फरक ढंगले अगाडि बढाउनु आवश्यक छ।

उनी एनआरएनएलाई व्याक्तिगत स्वार्थभन्दा माथि उठाएर सहमति र सहकार्यको माध्यामबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छन्। उनी भन्छन्, ‘मलाई मेरो आफ्नो स्वार्थ र महत्वकांक्षाभन्दा पनि मातृभूमिप्रति मेरो दायित्व कसरी पूरा गरुँ र मुलुक समृद्धिमा कसरी समर्पण गरुँ भन्ने हुटहुटी छ, त्यसको प्लाटफर्म एनआरएनए बनाउन खोजेको छु।’ उनी धेरैले बुुझेजस्तो पैसा लगानीको रूपमा भन्दा पनि एनआरएनएलाई भावनात्मक रूपमा नेपालसँग जोड्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘जब नेपालमा वा नेपालीमा कुनै खालका आपत्ति आइलाग्छन्, तब तब हामीलाई सबैभन्दा पहिला छिटो छिटो आफू त्यहाँ पुग्न मन लाग्छ। मेरो विचारमा, एनआरएन पैसा र लगानीको विषय मात्र भन्दापनि बढ्ता भावनाको विषय हो।’

एनआरएनए भनेकै भावनाको संगम रहेको र आफूहरू नेपालीकोरूपमा सदैव रहने बताउँछन्। ‘हामी कसैगरेपनि नेपाल र नेपालीबाट टाढा छैनौं । हुने छैनौ । टाढा हुन चाहेरपनि टाढा हुनसक्ने छैनौं । एनआरएनको यो भन्दा ठुलो अर्थ अरु के हुन सक्छ ?,’ उनी भन्छन्, ‘एनआरएनए नेपाल र नेपालीसँग असाध्यै जोडिएको जबरजस्त भावनात्मक विषय हो।’

भावनात्मक विकाससँगै मातृभूमिको भौतिक विकास अर्को प्राथमिकता उनको छ । एनआरएनले भौतिक रूपमा पनि देखिनेगरी मातृभूमिको समृद्धिमा योगदान गर्ने उनको मान्यता छ।एनआरएनए नेपाल विकास कोष जस्ता कोषको स्थापना र कोषलाई सही, प्रभावकारी, पारदर्शी रूपमा प्रयोग गरेर देखाउनुपर्ने उनी बताउँछन्। ‘यस्ता कोषलाई अझ बढाउन, परिचालन गर्न र प्रतिफल प्राप्त गर्न बलियो संयन्त्र र विश्वाशिला आधा खडा गर्न जरुरी छ,’ उनी भन्छन्।

एनआरएनए समय अनुसार बदल्दै जानुपर्ने उनी बताउँछन्। संस्था स्थापना गर्दा ताकाका उद्देश्य र आधार अहिलेको अवस्थामा परिस्कृत गर्दै जानसपर्ने उनको भनाइ छ । ‘छिटोछिटो गतिमा प्रविधि रमान्छेको चेतनाको विकास हुँदै गएको छ, समृद्धिको मापदण्ड बदखिँदै गएको छ यो समयमा हाम्रा कार्यशैली बदलिएनन् भने हामी कार्यदिशामा फेल हुन्छौं।’

लामो समय देश बाहिरको बसाईको उनको भनुभवले भन्छ, ‘मातृभूमि र कर्मभूमिलाई एकैपटक योगदान दिन सकिने गजबको अवसर एनआरएनए पनि हो।’ आ–आफ्ना व्यक्तिगत चाहना वा अवस्थाले जो जहाँ पुगेपनि त्यहाँ दुइवटा अवसर एकैसाथ मातृभूमि र कर्मभूमिको समृद्धिमा एकसाथ योगदान दिने गरी आउने उनको मान्यता छ।

‘गैरआवासीयीहरू दुइ देशका सम्पत्ति हुन् । त्यो सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्ने कुरा कतिपय अवस्थामा ती देश र कतिपय अवस्थामा स्वयं व्यक्तिहरुमा भरपर्ने विषय हो। हामी नेपालीसँग त असी भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद भएको सिंगो संगठन छ–एनआएरएन, थयस्तो बलीयो संगठनलाइ अब परम्परागत शैली भन्दा अलि फरक ढंगले अगाडि बढाउनु आवश्यक छ।

एनआरएनए समय अनुसार बदल्दै जानुपर्ने उनी बताउँछन्। संस्था स्थापना गर्दा ताकाका उद्देश्य र आधार अहिलेको अवस्थामा परिस्कृत गर्दै जानसपर्ने उनको भनाइ छ। ‘छिटोछिटो गतिमा प्रविधि रमान्छेको चेतनाको विकास हुँदै गएको छ, समृद्धिको मापदण्ड बदखिँदै गएको छ यो समयमा हाम्रा कार्यशैली बदलिएनन् भने हामी कार्यदिशामा फेल हुन्छौं।’

समृद्धिका स्वार्थलाई एकसाथ बुझ्न नसके र उही पुरानै सोच र पारामा अगाडि बढे त्यसको सार्थकता नहुने उनको मान्यता छ। ‘कहिलेकाहीं लाग्छ– सिलीकन भ्यालीको नेपाली, हार्भडको नेपाली, अक्सफोर्डको नेपाली एनआरएनमा छिर्दा किन सिलीकन भ्यालीकै जस्तै, हार्भडको जस्तै वा अक्सफोर्डको जस्तै भएर छिर्दैन ? वा किन छिर्दै छिर्दैन ? छिर्नै खोज्दैन ? छन त एकसेएक नेपालीहरु छन्। हरेक देशमा छन्, ’उनी भन्छन्,‘तर एनआरएनएमा अझै त्यसको ‘प्रतिबिम्ब’ भैसकेको छैन। जबसम्म त्यसको ‘प्रतिबिम्ब’ एनआरएनमा देखिंदैन र एकतह माथि उठेर योजना र संयन्त्रहरु बनाइदैन, तबसम्म हामी एकादुइ पुरानै मागका आधारमा बाँचिरहेका हुनेछौं।’

एनआरएनएको महासचिवको उम्मेदवारका हिसाबले आफूले बेग्लै उचाइको एनआरएन खोजीरहेको उनको भनाई छ। ‘यस्तो एनआरएन जसलाइ मातृभुमि र कर्मभुमिका सरकारहरुले त्यहाँका आर्थिक समृद्धिका बहसहरुमा सक्रिय सहभागी गराउन्,’ उनी भन्छन्,‘यस्तो एनआरएन, जो ‘ट्रयाक टु डिप्लोमेसी’को मुख्य संयन्त्र बनोस्। यस्तो एनआएएन, जसलाइ दुइ देशका वार्ता र बहसहरुमा ‘विटनेश’(साक्षी) र ‘मध्यस्थकर्ता’ बन्ने मौका मिलोस्।’

एनआरएनए नेपालका ग्रामिण बस्तीका नागरिकदेखि विदेशका कुना कुनामा रहेका नेपालीसम्मले अपनत्व र आफ्नोपन सहितको संस्था बन्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘एनआरएनए समृद्धि र भरोसाको आधारको रूपमा स्थापित हुनुपर्छ,एनआरएन जसलाई मातृभूमि र कर्मभूमिका सरकारले त्यहाँका आर्थिक समृद्धिका बहसमा सक्रिय सहभागी गराएको हुनुपर्छ।’

उनले एनआरएनलाई थप इज्जतिलो, गर्विलो र बलियो बनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘लेट्स मेक एनआरएन ग्रेट एगेन अर्थात् एनआरएनएलाई एक महान अभियानमा लैजाउँ।’चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकी डायष्पोरामा अहिले निकै लोकप्रिय छन्।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए र युनिभर्सिटी अफ डल्लासबाट इन इन्फरमेशन टेक्नोलोजीमा मास्टर्स गरेका छन्। नेपालमा स्वास्थ्य,शिक्षा, हाइड्रो, इन्स्योरेन्स, लघुवित्त, भुक्तानी सेवा प्रदायक, भेन्चर्स, हस्पिटालिटी, रियलस्टेट, इकमर्स लगायत क्षेत्रमा नेपालमा लगानी गरेका छन्। त्यस्तै अमेरिकामा इन्फरमेशन टेक्नोलोजी,रिटेल,क्यापिटल भेन्चर्स, हस्पिटालिटीमा उनको लगानी छ।

एनआरएनए को २०१९–२०२१ को कार्यकालमा सचिवको जिम्मेवारी निभाएका उनी एनआरएनए २०१७–२०१९ मा रिजनल कोअर्डिनेटर, एनआरएन एनसीसी यूएसए २०१५–२०१७ को सल्लाहाकार, सन् २००७–२००९ मा नेपाल अमेरिका काउन्सिलकोमेम्बरसीप कोअर्डिनेटर, नेप्लिज कल्चर एण्ड स्प्रीचुअल सेन्टरको प्याट्रोनको रूपमा रहेका उनी सोही संस्थामा सन् २००६ मा फाउण्डिङ मेम्बरको रूपमा जिम्मेवारी निभाइसकेका छन्। उनी नेप्लिज सोसाइटी टेक्सास २००५–२००७ को पे्रसिडेन्ट र सोही संस्थामा सन् २००३–२००५ को कार्यकालमा महासचिवको रूपमा थिए।

त्यस्तै आमा फाउण्डेशन नेपालमार्फत दुर्गम र सिमान्तकृत समुदाय स्वास्थ्य र शिक्षाका कार्यक्रम, फाउण्डेशनको छात्रवृत्ति कार्यक्रमअन्तर्गत टेक्सास युनिभर्सिटीका नेपाली विद्यार्थीलाई १० जनाका दरले ५ वर्षसम्म छात्रवृत्ति, चितवन लगायत विभिन्न जिल्लाका समुदायस्तरका संस्थालाई सहयोग गर्दै आएका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?