Sunday April 28, 2024

लण्डनमा 'एम्बेसडर फर पिस' अवार्डबाट डा.संगीता श्रेष्ठ ”स्वेच्छा” सम्मानित

२७ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1210


लण्डनमा 'एम्बेसडर फर पिस' अवार्डबाट डा.संगीता श्रेष्ठ ”स्वेच्छा” सम्मानित

 शीतलपाटीन्युज डटकम।

सञ्चारकर्मी,लेखिका तथा विश्वव्यापी विकासका अभियन्ता डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई युनिभर्सल पिस फेडरेशनद्वारा प्रतिष्ठित “एम्बेसडर फर पिस” अवार्डबाट लण्डनमा सम्मानित गरिएको छ। डिसेम्बर ९ मा आयोजित अवार्ड समारोहमा शान्ति स्थापना र अन्तर्राष्ट्रिय विकासमाउनको योगदानको कदर गरिएको थियो ।

विकास संचारमा पन्ध्र वर्ष भन्दा बढी अनुभव संगालेकी संगीताको महिला अधिकार,विश्वव्यापी शिक्षा,अनुसन्धान संचार र वातावरणीय संरक्षणमा योगदान रहेको कुरा Universal Peace Federation - UK को बिज्ञप्तीमा जनाइएको छ। हाल, फिड द माइन्ड्स,लन्डनस्थित अन्तर्राष्ट्रियविकास संस्थामा,उनी अफ्रिकी तथा एशियाका विभिन्न देशहरुमा गरिबीमा परेका महिलाहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने अभियानमा संलग्न छिन्।‘एम्बेसडर फर पिस’ अवार्डले सामंजस्यपूर्ण संसार सिर्जना गर्ने उनको प्रतिबद्धतालाई झल्काउँछ ।

प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि उनले कृतज्ञता व्यक्त गर्दै भनेकी छन, "शान्तिका लागि राजदूतको रूपमा मान्यता प्राप्त गर्न पाउँदा म अत्यन्तै सम्मानित महसुस गर्दैछु। यो पुरस्कारले मलाई थप योगदान गर्न उत्प्रेरित गरेको छ भनेकि छन।"

"युनिभर्सल पिस फेडेरेसन एम्बेसेडर फर पिस अवार्डले समुदाय र सीमानामा शान्ति तथा सद्भावलाई बढावा दिनको लागि राम्रो नेतृत्व,वकालत र प्रतिबद्धता प्रदर्शन गरेका व्यक्तिहरूलाई सम्मान गर्दछ", युनिभर्सल पिसफेडरेशन यु.के.का निर्देशक मार्गरेट अलीले भने।

"यो पुरस्कार प्राप्त गर्नेहरूले अहिलेसम्म हासिल गरेका कामहरूको लागि मात्र होइन; शान्ति पुरस्कारबाट सम्मानित अन्य विद्यमान राजदूतहरू सँगै समाजको लागि थप काम गर्न प्रोत्साहित गर्दछ। UPF मा हाम्रो टोलीले योग्य व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेर राम्रो गर्ने कोसिस गर्छ," उनले थपेका छन।

युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषद्सँग सामान्य परामर्शको स्थितिमा एनजीओको रुपमा रहेको विश्वव्यापी संस्था हो। UPF ले संयुक्त राष्ट्र संघको कामलाई समर्थन गर्दछ,विशेष गरी अन्तर धर्म,शान्ति, निर्माण,शान्ति शिक्षा,विवाह र परिवारको सुदृढीकरणका क्षेत्रमा हेर्ने गरेको छ। यसले १६० भन्दा बढी देशहरूमा एम्बेसडर फर पिस अवार्ड बाट योग्य व्यक्तिहरूलाई सम्मानित गरेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?