Sunday April 28, 2024

एक पटकको नेपाली सधैको नेपाली : रास्वपा अध्यक्ष रवी लामीछाने

२८ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1300


एक पटकको नेपाली सधैको नेपाली : रास्वपा अध्यक्ष रवी लामीछाने

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने’ नीति आफ्नो पार्टीको धारणा रहेको बताएका छन्।राज्यमा सुशासन कायम भयमा मात्रै देश राम्रो हुने भन्दै सुशासन पहिलो शर्त बताएका छन।

लामिछानेले मंगलबार एम्पायरहल अल्डरसट बेलायतमा उपस्थित नेपालीसँग अन्तरक्रिया गर्दै गैरआवासीय नेपालीहरुको नागरिकता र सम्पतिको सुरक्षाको लागि रास्वपाले साथ दिने बताएका छन। उनले गैरआवासीय नेपाली नागरिकताका बारेमा दुई प्रकारका दृष्टिकोण बाहिर आए पनि आफ्नो पार्टीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता राख्ने बताए। उनले वंशजको नागरिकताको विषयमा थप छलफल गर्न सकिने बताए।

एम्पायरहल अल्डरसटमा उपस्थित भएका ठुलो नेपाली जमातलाई सम्बोधन गर्दै बेलायतस्थित भूपू गोर्खाहरुको समान अधिकारको आन्दोलनमा आफ्नो पार्टीको एक्यबद्धता रहने बताए।त्यस क्रममा सभापति लामिछानेले वर्तमान व्यवस्थाबाटै देशको अवस्था परिवर्तन गर्नुपर्ने पार्टीको मान्यता रहेको र भष्ट्राचार एवम परिवारबादलाई जरैबाट निर्मुल पार्न सबैको सहयोगको अपिल गर्दै स्पष्ट पारेका थिए।

रास्वपा सम्पर्क विभाग यूकेका सभापति पवन शर्माको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रम सह महामन्त्री यज्ञराज कार्कीले सञ्चालन गरेका थिए। रास्वपा बिभाग बेलायतका सदस्य शिव कडेलले हेल्थ एन्ड सेफ्टी ब्रिफिङ गरेको सो कार्यक्रम अध्यक्ष लामिछाने हलमा प्रबेस गर्दा आमा दिदी बहिनीहरु र बेलायतस्थित अभियन्ताहरुले सामुहिक रुपमा स्वागत गरेका थिए।

सोमबार मिडलैण्डमा अन्तरक्रिया गरेका अध्यक्ष लामिछाने मंगलबार बिहान ११ देखि १ बजेसम्म एशियन कम्युनिटी सेन्टर प्लमस्टिडमा अन्तरक्रिया गरेका थिए। अपरान्ह ५ बजे नेपालीहरुको राजधानी मानिने अल्डरसटमा आई पुगेका लामिछानेले एम्पाएर हलमा ठुलो समुहसंग अन्तरक्रिया गरेका थिए।

सभापति लामिछानेलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर स्वागत गरिएको सो सभामा कार्यक्रम शुरु गर्दा लामिछानेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका थिए। पत्नी निकिता पौडेल र स्वकीय सचिव एवं पार्टी केन्द्रीय सदस्य दीपक बोहोराका साथ बेलायत आएका लामिछानेले बेलायत बसोबास गरेका नेपालीको मन जितेका थिए।

अल्डरसटमा भूपू गोर्खाहरुको उल्लेख्य उपस्थिति थियो । त्यहाँ रवि लामिछानेले सहभागीको प्रश्नको जवाफ दिएका थिए। पर्वत वयलफेयर सोसाईटीका पुर्व अध्यक्ष नेत्र आले,गोर्खा हंगरस्टाइकका अभियन्ता धन गुरुड्ग,एनआरएन केन्द्रिय उपाध्यक्ष रामशरण सिंखडा,बंशजको नागरिकताका अन्तराष्ट्रिय संयोजक योगेन क्षत्री,नागरिक समाज युकेका संयोजक शेर बहादुर सुनार,एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगरले प्रस्तुत गरेको बिभीन्न मागपत्रको कुरा अध्यक्ष लामिछानेले ध्यान दिएर सुनेका थिए।

अध्यक्ष लामिछानेले नागरीकता निरन्तरता,बंसजको नागरिकता, एनआरएन नागरीकता,ब्रिटीस गोरखा असमान पेन्सन जस्ता समस्या समाधान गर्न आफु र आफ्नो पार्टी सधै एक भएर लाग्ने प्रतिबध्दता ब्यक्त गर्दै यसमा सबैको एकबध्दताको लागि अपिल पनि गरेका थिए।

एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुड्ग,ज्ञानराज राई लगायत बिभीन्न संघसंस्थाका प्रमुख र बेलायती नेपाली समाजका बरिष्ठ सामाजीक अभियन्ताहरु उपस्थित रहेको सो कार्यक्रम भब्य भयको थियो। गोर्खा प्यालेसका सञ्चालक समेत रहेका एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले डिनरको प्रबन्ध मिलाएक थिए।लामिछानेको बेलायत भ्रमण संयोजन गरेका प्रवास नेपाली सम्पर्क विभाग यूकेका सदस्य तथा नेपाली समाज विल्सायर यूकेका अध्यक्ष ज्ञानप्रसाद गुरुङले सभाहलको ब्यवस्थापन गरिदिने एम्पायर हलका डाइरेक्टर पुरण गिरी र नारायण गिरीलाई धन्यबाद दिदै कार्यक्रममा उपस्थित भै गरिमामय अन्तरक्रिया सफल पार्ने सम्पुर्ण पाहुनाहरुलाई पनि धन्यबाद दिएका थिए।

अध्यक्ष लामिछाने,पत्नी नीकिता पौडेल र स्वकीय सचिव एवं पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरा र स्थानिय रास्वपाका पदाधिकारीहरुले विल्सायर काउल्सीलद्वारा एउटा बाटोको नाम अन्नपुर्ण हिमालको नामकरण “ अन्नपुर्ण” नामाकरण गरिदिएको स्थानमा पुगी अबलोकन समेत गर्नु भयको थियो। रास्वपा बेलायतका महासचिव राजु कडेल, प्रबक्ता बिष्णु चालिसे र बेलायतका सामाजिक अभियन्ताहरुको उपस्थितले अन्नपुर्णमार्गको अवलोकन भब्य भयको थियो।

१० डिसेम्बरमा लण्डन आएका लामिछाने लगायत १४ डिसेम्बर २०२३ बिहीबार बेलुका नेपाल फर्कने कार्यक्रम रहेको पनि संयोजक गुरुड्गले बताउनु भयको छ।

video-

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?