Saturday May 11, 2024

एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा थर्क सेनको अध्यक्ष उम्मेदवारी घोषणा

३० श्रावण, २०८० शीतलपाटीन्युज डठकम। 1498


एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा थर्क सेनको अध्यक्ष उम्मेदवारी घोषणा

शीतलपाटीन्युज डटकम।

लन्डन । एनआरएनए आईसीसी प्रथम उपाध्यक्ष थर्क सेनले एनआरएनएमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । ३५ वर्षदेखि बेलायतमा व्यावसायिक काम गर्दै विभिन्न संघसंस्थामा आबद्ध सेनले एनआरएनएको ११ औं महाधिवेशन वर्ष २०२३–२५ का लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हो। उम्मेदवारी सहित उहाले सात बुँदे प्रतिबद्धता समेत सार्वजनिक गर्नु भयको छ। 

युकेमा गोर्खालीको बसोबास अधिकार अभियानको सुरुआत गर्दै एनआरएनए युके जन्माउन उत्तिकै भूमिका खेलेका सेन एनसीसी युकेको संस्थापक सदस्य पनि हो। उहाले एनआरएनएको राष्ट्रिय देखि आईसीसीको विभिन्न भूमिका निर्बाह गर्दै हाल प्रथम उपाध्यक्षको भूमिकामा रहनु भयको छ। 

मदरल्याण्ड अन्तर्गत सडक सुरक्षाको जिम्मेवारीको पूर्व अध्ययन र तयारी सकेर कार्यान्वयन चरणमा पुगेको बेला एनआरएनको एकतामा खलल उत्पन्न हुँदा योजना अलपत्र परेको उहाले बताउनु भयको छ। उहाले "‘यद्यपि उपाध्यक्षको पदभार ग्रहण गरी आफूले अघिल्ला कार्यकालमा सुरु गरेका योजनाको कार्यान्वयनको पक्षमा काम गरिरहे कै छु भन्नु भयको छ। केवल एनआरएनको आधिकारिताको विषय विवादित रहेकोले नेपाल सरकारले हाम्रा योजना कार्यान्वयन गर्न सहज वातावरण नबनाएको कारण एनआरएनए केही समयदेखि दिशाविहीन भएको उल्लेख गर्दै उहाले एकताको मार्ग पहिल्याउनु पर्नेमा जोड दिनु भयको छ। मात्रीभुमीको बिकास एनआरएनले नै सक्छ भन्ने मान्यताका साथ म अध्यछ भयमा नेपालको सम्बृध्दी उहाले घोषणा गरेका प्रतिबद्धता यी हुन्-
No 1. सम्पूर्ण ८० लाख एनआरएनएहरूलाई निशुल्क एनआरएन भोटर रजिस्ट्रेशन गर्न पहल गर्ने छु । किनकि एनआरएनको प्रभावशली प्रतिनिधित्व छान्न बिना पैसा र बिना डर निष्पक्ष मताधिकार हुनु पर्दछ जो सबै देशका भोटिग निशुल्क गरिन्छ। एनआरएन non profit making साथै ग़ैरसरकारी संस्था हो तर संस्थाको founding को लागि अरू नै धेरै उपाय अपनाउन सकिन्छ। एनआरएन अरबपतिहरूको मात्रै संस्था भन्ने त्याग लागेको कारण पनि सम्पूर्ण एनआरएनहरूको पहुँचमा पुर्याउन अहिले भैराखेको एनआरएन उम्मेदवारी शुल्क पनि 30-50% कम गर्न सकिन्छ All NRNA to register FREE for Vote to elect right representative because all voting rights must be free, fair for all without fear of cost etc. 

No.2 सम्पूर्ण पार्टी जाति धर्म र क्षेत्रलाई हार्दिक सम्मान गर्दै एनआरएनलाई Free from political party, Jaati, Dharma & Regional (राजनीतिक पार्टी जाती धर्म र क्षेत्रको राजनीतिबाट अलग राख्ने) किनकि नेपाली राजनीति आफै म असफल, अस्थिरता भएकोले यसको नराम्रो असर एनआरएनमा पनि पर्न गई विदेशमा मिलेर बसेको नेपाली समाज पनि नराम्रोसँग विभाजन भएको छ। त्यसैले नेपाली राजनीतिप्रति नेपाली जनमानस साथै एनआरएनको विश्वास हराएको छ।

No 3. एनआरएनमा काम धेरै कुरा थोरै गर्न लागि अहिलेसम्म भैरहेको अत्याधिक आसन भासन रासन खाता माला र घोषणापत्रको किताब लेखेर महत्वपुर्न समय श्रोत र साधनको बर्बादी गर्ने जस्ता कार्यलाई तुरून्त समाधान गर्न मातृभूमि नेपाल र नेपालीहरूको समस्या पहिचान गरि जहाँ जे समस्या छन त्यहाँ त्यसैको समाधान गर्न विश्वभरि छरिएर रहेका एनआरएन Skills & Knowledge का बिज्ञको सुझाव र सहयोग लिईने छ।

No 4. ८० लाख एनआरएनहरूको जन्मसिद्ध अधिकार नेपाली नागरिकताको निरन्तरता (बिशेष गोर्खाज) (एक पटकको नेपाली सधै नेपाली) लाई अधिकार प्राप्त नहुँदासम्म जारी राख्दै जुन देशमा दोहोरो नागरिकताको प्रावधान छैन त्यो देशका एनआरएनहरूलाई एनआरएन Citizenship को पनि स्वागत गर्दै यथाशीघ्र कार्यान्वयन गर्न लबिग गरिने छ।

No 5.एनआरएनमा भैरहेको सम्पूर्ण समस्या र विवाद (भैसकेको अधिवेशन पस्चात स्घोषित ३ अध्यक्ष, १८ उपाध्यक्ष २१ सचिव जस्ता ६ महिने पद उत्पादनजस्ता बेथिति बेहिजेत र बद्नाम) सधैको लागि समाधान गर्न सम्भव छ साथै समाधानका सम्पूर्ण उपाय पनि एनआरएनको संस्थापक सदस्यको नाताले अवगत भैसकेको छ। उदाहरण ICC deligate प्रतिनिधि quotas हटाई कुनै पनि ईच्छुक Renewed member, physically prepaid attendance भई भोट गर्नुपर्ने,  नकि उम्मेदबारले last minute मा नाता पाता साथिभाईको नाम ज़बरदस्त घुसाई online voting गर्न दबाब दिई रहने। यी quota systems लाई प्रभावकारी बनाउन कुनै पनि १ महादेशले चक्रिय प्रणालीमा अध्यक्ष उम्मेदबार उठाउने। उदाहरण 2 years term only from Africa, जति जना अध्यक्ष उम्मेदवार उठे पनि अफ़्रीकाबाट मात्रै उठ्ने, नत्र भने अफ्रिकाको उम्मेदबारले युरोपको उम्मेदवारसंग विभिन्न कारणले प्रतिस्पर्धा गर्ने गाह्रो पर्दछ। अर्को कार्यकाल युरोपको मात्रै अध्यक्ष उम्मेदवार इत्यादि।

No 6. Reserve for voters advices

No 7. Reserve for voters advices

Tharka Sen Prez

 एनआरएन आईसीसी Candidate 23/25

Vice Prez NRNA ICC २१/२३



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?