Friday March 21, 2025

सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमी पोखराको भिजिट

१८ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1785


सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमी पोखराको भिजिट

शीतलपाटीन्युज डटकम।

पोखरा। सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमीको भ्रमण गरेको समाचार  छ। 

बिहीबार पोखरा–१७, दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन गर्दै टोली केही थान फुटबल बल र स्टेसनरी सामग्री समेत सहयोग गरेको पनि गरेको हो। 

सहारा क्लब पोखराका मानार्थ सदस्य समेत रहेका सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले सहाराको गतिविधिको प्रशंसा गर्दै सहयोग निरन्तर रहने बताएका थिए। सहरा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु विक्रम थकाली,वीरभद्र आचार्य, हरिराम गुरुङ (सुरज) लगायतले बोलेका थिए। 

नवीन गुरुङसहित विदेश नागरिक म्याडलिन स्ल्याबेट,अलेक्जेण्डर गिल,म्यारिन गिल र कारमेन लगायतले  सहारा पोखरा एकेडेमीको भ्रमण गरेका थिए। 

सहारा क्लबले कठिन तथा विपन्न वर्गका बालकहरुको लागि निःशुल्क शिक्षादिक्षा सहित फुटबल खेल पनि सिकाउने गरेको छ। 

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?